गान्धी समाधिस्थल पुगेर ओलीले लेखे–महात्मा गान्धीबाट धेरै सिक्न सकिन्छ
काठमाडौं, ८ फागुन । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।
ओलीले गान्धीलाई श्रद्धाञ्जली व्यक्त गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै गान्धीको अहिंसावादी आन्दोलनले विश्वभर नै उपनिवेशवाद विरुद्ध सशक्त तरंग पैदा गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगन्तुक पुस्तिकामा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मानव जातीले गान्धीको सिद्धान्त र स्वतन्त्रताका लागि गरेको संघर्षबाट धेरै शिक्षा लिने उल्लेख गरेका हुन् । सत्यमा शक्ति हुन्छ भन्ने गान्धीको मान्यता अमुल्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले राजघाटमा रहेको गान्धी समाधिस्थलको उत्कृष्ट व्यवस्थापनले आफु प्रभावित बनेको समेत बताएका छन् ।yeskathmandu
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses