यी हुन् विदेश पठाउँदा लाखौं ठग्ने म्यान पावर
काठमाडौं: वैदेशिक रोजगारीमा पठाउँदा युवाहरुबाट लाखौं ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२ जना म्यान पावर सञ्चालकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ती म्यान पावर सञ्चालकलाई गैर कानुनीरुपमा युवाहरुलाई विदेश पठाइ संगठितरुपमा ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको हो ।


काठमाडौंका विभिन्न १८ वटा म्यान पावरमा छापा मारेर प्रहरीले १२ जना म्यान पावर सञ्चालकलाई हिरासतमा लिइ अनुसन्धान थालेको हो ।

वैदेशिक रोजगारमा पठाउँदा फ्री भिषा, फ्री टिकट गरी अधिकतम १० हजार भन्दाबढी लिन पाउने सरकारको निर्णय मिच्दै धेरै रकम लिने गरेको, कामदारहरुलाई तोकिएको सम्झौताअनुसारको काममा नलगाई श्रम शोषण गरी मानव बेचविखन समेत गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

उनीहरुले भिजि भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरु समेत बनाई विदेश पठाइ संगठित रुपमा ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको खनालले उल्लेख गरेका छन् ।

‘ठगीमा संलग्न भनिएका म्यान पावरहरुलाई निगरानीमा राख्दा सरकारको निर्णय विपरीत ठुलोमात्रामा रकम उठाई संगठितरुपमा कामदारहरुको श्रम शोषण तथा मानव बेचविखनमा समेतमा संलग्न भएको पाइयो’, खनालले भने, ‘ठगी गरि मानव बेचबिखन समेत गरेको पाइएकोले १२ जना म्यान पावर सञ्चालकलाई पक्ररे ठगी मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडाँै, ललितपुर र  वैदेशिक रोजगार विभागमा पठाएका छौं ।’
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses