भारतले अाजैदेखि ८० मेगावाट विजुली दिने
काठमाडौं । भारतको ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट शनिबारदेखि थप ८० मेगावाट विजुली नेपाल आयत हुने भएको छ ।भारत भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनको हैदराबाद हाउसबाट शनिवार स्वीच अन गरेपछि शनिवारदेखि नै ८० मेगावाट विजुली आयात हुने भएको छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र आफ्ना समकक्षी मोदीबीच शनिवार औपचारिक भेटवार्तासँगै उक्त प्रशारण लाइनको स्वीच अन गर्ने कार्यक्रम रहेको छ ।khabardabali
0 comments
Write Down Your Responses