भारत गएर ओलीले खोले घरघरमा पाइपबाट ग्यास पुर्याउने कुराको रहस्य !
काठमाण्डु, १० फागुन– केही महिनाअघि नेकपा एमाले काठमाण्डुले आयोजना गरेको एक कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालीको घरघरमा पाइपबाट ग्यास पुर्याउने भाषण गरे ।यस विषयले निकै चर्चा पायो र कतिपयले यसलाई ‘जोक’ को संज्ञा पनि दिए । कतैकतै यसको सम्भावाना र चुनौतिका विषयमा चर्चा र खोजहरु पनि हुन थाले । अन्तिममा यो विषय असम्भव नरहेको तर तत्काल केही वर्षसम्म सम्भव नरहेको कुरा नकार्न सकिएन ।
यसैबीचमा भारत भ्रमणमा रहेका ओलीसँग भारतीय पत्रकारले घरघरमा पाइपबाट ग्यास पुर्याउन कुरा के हो, के यो सम्भव छ भन्दै प्रश्न गरे । भारतस्थित नेपाली दूतावासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय पत्रकारले हल भरिभराउ थियो । जति पत्रकारको सहभागिता थियो त्यसैगरी ओलीमाथि प्रश्नको पनि बर्सा भएको थियो । त्यसैक्रममा घरघरमा पाइपबाट ग्यास पुर्याउने कुरा एक भारतीय पत्रकारले सोधि हाले ।
ती भारतीय पत्रकारको प्रश्नमा ओलीले गतिलै जवाफ फर्काए । उनले नेपाल अहिले निकै संकटबाट गुज्रिरहेकाले आफूले त्यसको समाधान स्वरप त्यो भनेको बताए ।
उनले भने, ‘हो मैले भनेकै हो र त्यो असमभव पनि छैन । तर, त्यसका लागि केही समय लाग्न सक्छ । मैले जनताको दुःख महसुस गरेर उनीहरुमा आत्मविश्वास जगाउन यसो भनेको हुँ ।’ उनले थपे, ‘यो समय काँधमा ग्यास बोकेर हिँड्ने होइन । हामी समयअनुसार चल्नुपर्छ मैले भनेको कुरा विस्तारै पुरा गरेर देखाउँछु । त्यसका लागि मलाई समय लाग्न सक्छ ।’
kathmandutoday
0 comments
Write Down Your Responses