भारतको दिल्लीमा ओलीले मोदीलाई दिए मुखभरीको जवाफ
काठमाण्डु, १० फागुन– भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा संयुक्त पत्रकार सम्मेलनमा राखेको विषयमा २ दिनपछि जवाफ दिएका छन् ।
गत शनिबार आयोजित पत्रकार सम्मेलनमा मोदीले ओलीसँग नेपालमा संविधान निर्माण भएको तर यसको लागु हुने विषयमा आशंखा राखेका थिए । उनले भनेका थिए, ‘तपाईहरुले संविधान ल्याउनुभयो, शान्ति प्रक्रिया टुंग्याउँनुभयो, राम्रो भयो, तर संविधानको सफलता सहमति र संवादमा सबै पक्षले मान्न अवस्थामा मात्रै हुन्छ ।’
के दिए ओलीले जवाफ
सोमबार दिल्लीमा आयोजित विश्व सम्बन्ध परिषद्को कार्यक्रममा ओलीले नेपालको संविधान र त्यसको कार्यान्वयनको विषयमा स्पष्टसँग बोले ।
उनले नेपालको संविधानबारे स्पष्ट पार्न बोलिरहेको भएता पनि त्यो २ दिनअघि मोदीले गरेको प्रश्नको गतिलो जवाफ थियो भन्न सजिलै सकिन्छ ।
मोदीको भनाइलाई सांकेतिक रुपमा लक्षित गर्दै ओलीको जवाफ थियो, ‘लामो समयको त्याग र तपस्या पछि संविधान जारी भएको छ । देशमा लामो समयदेखि चलेको गतिरोधको अहिले अन्त्य पनि भएको अवस्था छ । अब संविधानको कार्यान्वयन गर्दै देश विकासको गतितर्फ अघि बढ्छ भन्नेमा कुनै आशंका छैन । बरु त्यसमा मित्रराष्ट्रका हिसावले भारतको पनि साथ र सहयोगको आवश्यकता छ ।’
कार्यक्रममा बोल्दै ओलीले नेपाल राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रसम्म आइपुगेको र ६५ वर्षपछि हरेक नेपालीको चाहना अनुसार संविधान निर्माण भएकाले त्यसको संस्थागत विकासका लागि कार्यान्वयनको पाटोमा कुनै कन्जुस्याइ नगर्ने बताए ।
उनले भने, ‘वर्षौँको वहस र विवादका बीच संविधान जारी गरिएको हो । त्यसमा कुनै हतारो भएको छैन । हो हामीसँग कार्यान्वयनका लागि जटिलताहरु छन् तर, आपसी सशमति र सहकार्यका बीच त्यो सफल हुन्छ ।’
kathmandutoday
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses