भूकम्पको धक्का पछि काठमाडौं सोध्छ :”बावु मरिन्छ कि क्या हो हँ ?”
बुधबार, १२ फागुन
काठमाडौं। मानिसहरुको एक्कासि कोलाहल सुनियो ।घरबाट धमाधम मानिसहरु बाहिर निक्लन थाले । छोटो समय भए पनि घर हल्लियो ।आतंकित मुद्रामा एक चिया व्यावसायी नजिकै उभिएका एक युवालाई प्रश्न गर्छन्, “बाबु मरिन्छ कि क्या हो हँ ?” नाजवाफ ती यूवा खै बाजे मलाई पनि थाहा छैन भन्छन् ।
यस्तो वातावरणमा नेपाली समाज अहिले गुज्रिरहेको छ । यसको सामना गर्नुपर्छ थाहा छ तर कसरि गर्ने भन्नेमा आम नेपाली त्यति विश्वस्त भने हुन सकेको छैन ।
महाभूकम्प गएको एक वर्ष पुग्न लाग्दैछ तर पनि भूकम्पका पराकम्पनहरु आउन छाडेका छैनन् ।मानिसहरु आतंकित छन् ।स्कुल कलेजमा पढिरहेका विधार्थीहरु स्कुल भित्र जान मानिरहेका छैनन् ।
भूकम्प प्राकृतिक विपत्ति भएकोले यो कहिले आउँछ भनेर कसैले पनि पूर्वानुमान गर्न सक्दैनन् ।पूर्वानुमान गर्न नसकेपनि नेपाल भूकम्पीय जोखिम देशको रुपमा भने परिचित छ ।
भूकम्प आउन सक्ने सम्भावित दुर्घटनाबाट बच्न हरेक नेपाली अब आफै सचेत नभई भूकम्पीय जोखिमको सामना गर्न सम्भव हुनेछैन ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses