प्रचण्डलाई यसरी कठघरामा उभ्याएका थिए किरण र विप्लवले (खरिपाटी भेलाको अन्तरकथा)
बुधबार, १२ फागुनअनिल शर्मा 'विरही'
खरिपाटी भेलामा प्रचण्डले किरण र प्रचण्डको नभनी दुईवटै दस्तावेज कार्यालयको हो भनेर आए ।चरम सम्झौतावाद, अवसरवाद देखियो ।
किरणलाई अल्पमतमा पार्न निकै कोशिस गरे ।तर ३४ जनाको पिबिमा १७/१७ मत भएछ ।त्यसपछि मात्र प्रचण्ड झुकेका थिए ।का.विप्लवलाई कारवाही गर्न दवाव दिईरहेका थिए ।”ईमान्दारजति तपाईतिर लागेका छन्, काम गर्नेहरु मतिर छैनन् ।यो टोली नभई भर पर्न सकिन्न ” प्रचण्डले किरणसंग भनेका थिए ।
प्रचण्डले भेलामा “समस्याहरु कसैको नियतबाट होईन कार्यदिशाको अनिवार्य परिणाम हो ।पछार्न सकिएला तर नयाँ खोज गर्न सकिन्न” भनेका थिए ।
प्रचण्ड तिरकाले धम्की दिने,गुण्डागर्दी गर्ने, सभासद पद, मन्त्री छोड भन्ने गरे ।समूह विभाजनमा मेरो नाम काटेका रहेछन् ।समूह विभाजनमा अनन्त र हितमान थिए ।हितबहादुरलाई पटकपटक भन्दा पनि समावेश गरिएन ।नियत स्पष्ट भयो ।बैठकमा प्रचण्डलाई साथीहरुले “तपाईले आफ्ना मान्छेहरुलाई के सिकाउनु भयो ?” भनेछन्।
यशोदाले त् अध्यक्षको निगाहाले सभासद भएकी हुँ भने राजीनामा दिन तयार छु तर आस्था बदल्न सक्दिन भनेकी थिईन्।
का. किरणले बोल्दा सभाकक्ष स्तब्ध थियो ।का. किरणले “हामी सरकारमा छौं ।पार्टी ठूलो भएको छ ।तर अर्को कोणबाट हेर्दा रुपान्तरणतिर कि उल्टो दिशातिर भन्ने प्रश्न उठेको छ ।
सिसिको बैठकमा प्रचण्डजी ले पेश गरेको दस्तावेजप्रति सन्तुष्ट हुन सकिन । गम्भीर आशंका भएका कारण अर्को दस्तावेज पेश गरेको हुँ।” भन्नुभयो।
माओवादी पार्टीमा संधै एकता हुँदै आएको थियो।उहाँले “हाम्रो पार्टीमा दुई लाईन संघर्षको परम्परा छैन ।एकता-संघर्ष-रुपान्तरणमा कसरी लग्ने भन्ने समस्या छ ।दुई लाईन संघर्ष कि बहुलवाद कि सामन्तवादतिर लैजाने खतरा छ ।दुई लाईन संघर्षको कुरा गर्यो कि पार्टी फुटाउने आरोप किन लाग्छ ?एकता चोंचोमोचों मिलाएर होईन संघर्षको प्रक्रिया बाट हुन्छ ।२१ औं शताब्दीको संशोधनवाद नेपालबाट जन्मिने खतरा पनि छ ।त्यसैले फरक दस्तावेज लेखें ।मैले जीवनभर प्रचण्डलाई साथ दिंदै आएको थिएँ ।अब पनि तयार छु ।तर क्रान्तिलाई विगार्ने शर्तमा होइन ” किरणले भनेका थिए ।
लोकतान्त्रिक गणतन्त्रलाई संक्रमणकालिन गणतन्त्र मान्न सकिन्छ तर त्यो “बुर्जुवा गणतन्त्र “हो भन्ने किरणको धारणा थियो ।
डा. बाबुराम भट्टराई पक्षले यसैलाई जनवादी गणतन्त्र भनेर स्थापित गर्न खोज्ने, प्रचण्ड मौन बस्ने र उनका मान्छेहरुले डा. वाबुराम भट्टराईको लाइनलाई अघि बढाउने गरिरहेका छन् ।
का. किरणले कडा, आक्रोशित र दृढ भंगीमामा, “दक्षिणपन्थी अवसरवाद मध्यपन्थी अवसरवादकै ढोकाबाट प्रवेश गर्दछ ।
अवसरवादी र क्रान्तिकारी कार्यदिशालाई एकै ठाउँमा मिसाउने अनि क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिका विरुद्द प्रश्न उठाएको ” बताउनुभएको थियो ।
का. किरणले अन्तमा “सिङ र जुरो उचालेर संशोधनवाद आउँदैन।त्यसैले समय छँदै बहस गरौँ भनेको हो ” भन्नुभएको थियो ।
त्यसैबेला भक्तपुरका का. दिवाकर(देवेन्द्रलाल श्रेष्ठ ) ले “अध्यक्षले क्रान्तिको विकास हुन्छ पुनरावृति हुँदैन भन्दा का. बादलले प्रतिक्रान्तिको पनि पुनरावृति हुँदैन ” भनेको कुरा स्मरण गराउनु भएको थियो ।आरोप र प्रत्यारोप धेरै थिए। का. किरण पक्ष आक्रामक थियो ।
प्रचण्डपक्ष असहिष्णु तर ओरालो लाग्दै थियो ।का. प्रचण्डले “पुराना सोच,तरिका र प्रवृत्तिहरु देखा परे ।आधारभूत रुपमा दुई वर्गको, दुई विचारको मतभेद भैसकेको स्थिति होइन बुर्जुवाहरुमा गुट र फूट धेरै हुन्छ ।तर त्यो द्वन्द वर्ग भन्दा बाहिर जाँदैन ।उनीहरुले त्यसलाई व्यस्थापन गर्छन् ।हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौं ।त्यसैले हामीले हारिरहेका छौं ।”प्रचण्डको भनाई थियो ।
का. प्रचण्डले “प्रचण्डपथ सार्वभौम होइन ।विशिष्ट विचारधारा हो भनेका छौं ।त्यसैले छोड्न सकिन्छ ।तर केन्द्रिय समितिमा ‘माओवाद ‘ मानेर आउनुपर्छ भन्ने निर्णय भएको छ ।किनकी त्यो बहस पहिले नै टुंगिएको छ ” भनेका थिए ।
तर केन्द्रिय समितिको निर्णय विपरित वाद/विचार भनेर पार्टी एकता गर्ने निर्णय भयो ।केन्द्रिय समितिको निर्णय कार्यालय नामको प्रचण्ड र उनका केहि सहयोगीले टुंगो लगाए ।सामूहिक निर्णयको अर्थ रहेछ ।
दुईवटा दस्तावेज आएपछि कतिपय परिवार र जोडीहरु नै विभाजित थिए ।
का. प्रचण्डले “बाउछोरा, श्रीमान-श्रीमतीहरु कै वीचमा झगडा भयो रे। ” भन्दा हल पुरै हाँसेको थियो ।”प्रचण्डले हामी धेरै माझियौं ।
कति पखालियौं भनेर हेराहेर गर्दा ढिला भयो ” भन्दा हल झनै हाँसोमा डुब्यो ।का. किरणले समापन भाषणमा “नेतृत्वलाई खबरदारी गरिरहनु पर्दछ ।अध्यक्षले अलिअलि ठोकाई खानुभयो ।मैले त अझै खाए पनि हुन्छ ।”
भन्दा सभाहल चर्को हाँसोमा डुब्यो ।
त्यसपछि कलाकारहरुले सामयिक गीत गाए -“बिर्सेला है गाउँघरको सम्झना, शहरको रमझममा ” दर्जनौ कामरेडहरु नाचे ।
पार्टी फुट्ने त्रासको निकासले पैदा गरेको विचित्र खुशीभाव थियो ।त्यसपछि डा.बाबुराम भट्टराईले “हामी जसरी क्रान्तिमा जाँदैछौ।
त्यसप्रकारले विश्वमा कुनै देशमा क्रान्ति भएको छैन । सडक,सदन,सरकारका मोर्चाहरु छन् ।अरुले नाचेको र कालेको बाउले खुट्टा हल्लाको ” भन्ने उखान राखे । हल हाँसोमा डुब्यो ।
बराल सरले “एकताको भावलाई भट्टराईले समातेनन् बरु प्रचण्डकै चाकरी गरे ” भनेका थिए ।
का. बादलले “के माओवादी पार्टी सर्वहारा पार्टी हो ? हाम्रा आचार र व्यवहार क्रान्तिकारी छन ? हामी लम्पट सर्वहारा त भएका छैनौं ? लुट्ने र खाने मात्र ।कि पुँजीवादीनै भैसक्यौं ? हाम्रो पार्टी चौतारो भैसकेको छ ।सबै आएका छौं ।फुटेका छैनौं ।त्यसले यो संयुक्त मोर्चा त भएको छैन् ।हामीले संयुक्त मोर्चा बनाउने होइन ।यहाँ कुनै जाति, लिंग, मधेसी होइन केवल सर्वहारा वर्गमात्र छिर्न सक्दछ ।”
भन्दा सबैको भावना संकेन्द्रित भएको थियो ।का. विप्लवले “इतिहासका निर्णायक क्षणमा समस्या समाधान गर्न मार्क्सवाद चाहिन्छ अरु होइन ।
का. किरणको काँधमा बन्दुक राखेर पड्काउने भनेर मेरो आलोचना गरिएको थियो ।तर मैले पड्काएको त थिईन ।आन्दोलनका समस्याहरुको जवाफ दिने क्रममा केहि असमझदारीहरु थिए ।
हलमा पेश भएका दुई दस्तावेजको निषेध गरेर नयाँ निर्माण गरिएको छ।यो मनचिन्ते झोलाजस्तो ‘जे खोज्यो त्यहि पाउने खालको ‘ हुने छैन ” भन्नुभएको थियो ।
मैले यो भनाईले हामीले सारसंग्रहवादी दस्तावेज पारित गर्यौं भनेर बुझें ।माओवादी पार्टीभित्र प्रचण्ड र बाबुरामका विरुद्द बोल्नु सामान्य विषय थिएन ।
टोपबहादुर रायमाझीले “सम्भव छ यिनको विपक्षमा बोल्न ?” भनेर धम्कि दिन्थे रे ।तर पहिलो पटक पिबिमा आधा-आधा भयो ।
प्रचण्डलाई दक्षिणपन्थीको आरोप लाग्यो ।प्रचण्डले आफ्नो विरुद्द आएको दस्तावेजलाई कार्यालयकै हो भन्न पुगे।यसबाट भट्टराई असन्तुष्ट भए ।
का. किरण पक्ष उत्साहित भयो ।प्रचण्ड पक्ष ओरालो लाग्न सुरु भयो ।का. विप्लवले “सत्तामा, सरकारमा दलाल पुँजीपतिवर्ग आएको छ ।
त्यसलाई विघटन गराउन आवश्यक छ ।यो नाराद्वारा जनवर्गलाई आफ्नो पक्षमा ल्याउन र दुश्मनलाई विघटित गराउन सकिन्छ ।
फूट र विभाजनमा रमाउने दक्षिणपन्थी तत्व हारेको छ; साम्राज्यवाद हारेको छ र निराश भएको छ ” भनेका थिए ।
अबेर समापन समारोह भयो फुटको संघारबाट बचेर ।का. प्रचण्डले “मलाई रोल्पाको फुन्टिवाङ बैठकको २०६१ श्रावणको सम्झना भयो ।
बैठक सकेर भएको सांस्कृतिक कार्यक्रम जस्तै ” भनेका थिए।
का. प्रचण्डले आफ्ना विपक्षीलाई “हिजो बहसमा मुख्यालयका विरुद्दमा बोलेको कारण अन्याय हुने हो कि भनेर कसैले चिन्ता नलिए हुन्छ ।
हिजोका कमजोरीहरुलाई सच्चाइने छ ।हिजोका बहसबाट चिन्ता र आशंका होइन गर्व गर्न आवश्यक छ ” भनेका थिए ।
अर्को दिन खरिपाटी भेलाको समिक्षा र भावी रणनीति बनाउनका लागि श्याम दाईको निवास गोंगबुमा पूर्व केन्द्रिय सदस्यहरुको भेला भयो।
प्रचण्ड पक्षको असहिष्णुता को विषयमा का. विप्लवले “जथाभावी हमला गर्ने भनेको हतास हुनु हो ।हतियार दुरी अनुसार हान्नु पर्दछ ।विचार र संगठन सर्वहारा वर्गका हतियार हुन् ।
यो रुपान्तरण हो कि सम्झौता ? भन्ने प्रश्न उठेको छ ।एउटै पार्टी बनाउने (फुटाउने) भनेको क्रान्तिकारी पार्टी बनाउने भनेको हो ;सुधारवादी पार्टी बनाउने भनेको होइन ” भन्नुभएको थियो ।
त्यसपछि श्याम दाईले “मलाई त प्रचण्ड -बाबुरामका विरुद्द २० प्रतिशत समर्थन भए पनि पुग्छ भन्ने लागेको थियो ।छरिएर आउला कि कस्तो आउला भन्ने लागेको थियो ।भिन्नमतको मोर्चा गुणात्मकतामा रहेछ ।
भेलाले फरक मतलाई वैधानिकता दियो ।क्रान्तिको स्वार्थलाई केन्द्रमा राखेर आएको टोली वैधानिक भयो ।प्रचण्ड निराश, हतास देख्छु ।
प्रचण्ड चतुर होइन, धुर्त छन् ।उनका विषयमा अनेक मिथकहरु छन् ।
त्यो हामीले नै बनाएका हौँ ।” भने ।प्रकाश भारतको प्रतिनिधी जस्तो लाग्दछ ।जौवारी मा.विमा प्रथम नारायण काजी र दोस्रो भूमिनन्द देवकोटा थिए। छिट्टो माथिजान खोज्ने, तर्कमाथि तर्क गर्ने गर्दछ ।
सिलगुडी देखी रोल्पा जाने प्रकाश नै हो ।रोल्पा पुगेको बेला एक ठाउँमा मिस फायर हुँदा प्रकाशले “मलाई मार्न ल्याएको हो कि के हो ?” भनेका थिए ।
सो भेलामा का. सुनिल (देवेन्द्र पौडेल) पनि थिए ।सुनिलले ” हाम्रा भावना, विचार र योजनाहरु संयोगवश एक स्थानमा आएका हुन् ।
जताबाट नापे पनि उहाँहरु यसभन्दा अगाडी बढ्न सक्नुहुन्न ।
उनीहरु एककदम पछाडि हटेका छन् ।कार्यालयको दस्तावेज अस्विकार भएर दुईवटै कार्यालयको भएका छन् ।मार्क्सवादका आधारभूत प्रश्नहरु छोड्न थालिएको छ ।विद्रोह शब्दनै हराउन थालेको छ ।कलाकारहरुलाई ढुंगाले हान्छौ भनेका छन् ।सिसीमा शालीनता तल गुण्डागर्दी भएको छ ।
समूहमा मत मात्र राख्ने भनेको मतदान गराईएको छ ” भनेका थिए ।सो भेलामा हितमान शाक्य ‘सुमन ‘ ले ” पाँचौ विस्तारित बैठकसम्म आक्रोस, असन्तोषका रुपमा थियो ।अहिलेसम्म लाईनका रुपमा आईयो ।
हामीले लाइन दिन खोज्दा शत्रुतापूर्ण सम्बन्ध बनाए ” भने ।
महाधिवेशनको तयारी गरिरहेका बेला बागमती उपत्यकाका इन्चार्ज सुमनलाई थाहै छैन झक्कु सुवेदीले भेलाको प्रचार गरेका थिए ।
पछि महाधिवेशन रोकेर भेला नै गरियो ।जनमुक्ति सेना प्रचण्ड र भूगोलमा किरणको बहुमत देखा पर्यो ।
खरिपाटी भेलामा प्रचण्ड किन पछाडी हटे त ? का. विप्लवको भनाई थियो ।”योजनामा पछाडी परेपछि हारिन्छ भन्ने प्रचण्डलाई थाहा छ ।
त्यसैले पछि हटेका हुन् ” भनेका थिए ।प्रचण्डको चाकरी गर्नेहरुले ज्यादती गरेका छन् ।स्टालिन मर्नुअघि खुश्चोवले “स्टालिन मेरो गुरु मात्र होइन पिता र अभिभावक हुन् ” भनेका थिए ।
‘बाकुनिनको जंगी घोडा ‘लेख लेखेपछि विगतमा नै वामसंक्रिणताको आरोपमा हेमन्त प्रकाश ओलीलाई कारवाही गरिएको थियो ।
आज त्यहि प्रवित्ति किरणमाथि खनिएको छ ।
ईश्वर चन्द्र ज्ञवालीले जनमुक्तिसेनालाई बंगुर भन्यो भनेर स्पष्टीकरण दिन मन्चमा उभ्याईयो ।’का. विरही पनि त्यहि थिए ‘ भनेर मुछ्न खोजेका थिए ।बाबुरामको विघटन, किरणको कद उँचो र प्रचण्डको कद घट्यो त्यो भेलापछि ।
प्रचण्ड पक्षका मान्छेहरु भेलापछि भेट्दा रुझेको विराला जस्ता थिए ।बराल सरले विचारले भावना पैदा गर्छ भन्दै चरित्र चित्रण गर्नु भएको थियो ।
खरिपाटी भेलापछि राज्य समितिको एक प्रशिक्षण भयो ।सो प्रशिक्षण कार्यक्रम ललितपुरको ग्वार्को स्थित खन्ना गार्मेन्टमा भएको थियो ।उद्घोषण का.अनन्तले गरेका थिए ।उद्घोषणको क्रममा का. अनन्तले ” १० वर्षको गृहयुद्दमा ” भन्ने शब्द प्रयोग गरेका थिए ।
त्यो सुन्नासाथ सहभागी कुमार शाहले “कस्तो शब्द प्रयोग गरेको ? मुर्ख बनाउने ? गृहयुद्द पनि भयो होला
तर जनयुद्द होनी ! ” भनेका थिए ।जनयुद्दप्रति यत्तिधेरै लगाव र नेतृत्वप्रति चरमघृणा र अविश्वास थियो यो ।
नेतृत्वले जनयुद्दप्रति गद्दारी गर्दैछ; बलिदानको अपमान गर्दैछ भन्ने परेको थियो ।
कुमार शाह रोल्पाली पत्रकार थिए ।जो माओवादी पार्टी निकट रेड स्टार पाक्षिकका सम्पादक थिए। उनी युद्द वन्दी थिए।
उनी गिरफ्तार भएपछि उनकी जीवन संगिनी अलपत्र भएपछि सडकमा पत्रिका बेचेर ज्यान पालेकी थिईन ।का. प्रचण्डको प्रस्तुतीमा चिडचिडाहट, थकित-गलित थियो ।
बाहिर आक्रमण गरेर भित्र रक्षा गर्ने खालको थियो ।तर किरणजीको आक्रामक र विजयीभाव देखिन्थ्यो ।का. प्रचण्डको दस्तावेज अस्विकार भएर अर्को पारित भएको उनको जीवनमै पहिलो घटना हो ।
के हो खरिपाटी भेलाको मूलपक्ष ? मा घोत्लिएको थिएँ ।यो भेलाले का. प्रचण्डका विरुद्द इतिहासमै उनको विरुद्द औलो ठड्यायो ।
उनको दस्तावेज पारित नगरी फिर्ता गर्यो ।का. प्रचण्ड -बाबुराम गुटले ज्यादै न्यूनीकरण गरेको, कतिपय स्थानमा गुण्डागर्दीकै शैलीमा असहिष्णु भएको का. किरणलाई निकै माथि उठायो ।
डा.बाबुराम भट्टराईले ‘प्रचण्डको पुच्छर डराई-डराई समाति रहेन। ‘तर उनी निराश थिए ।खरिपाटी भेलामा किरण,प्रचण्ड र विप्लवहरु नाचे तर डा.बाबुराम भट्टराई नाचेनन् ।
सबैले “बाबुराम त नाचेनन् ” भनेका थिए ।सो भेलापछि का. किरणलाई संचारले बढी पिछा गर्न थाल्यो ।
खरिपाटी भेलाले जनगणतन्त्रमा जाने, सरकार र सदन सहायक र सडक मुख्य हुने, विद्रोहको तयारी गर्ने निर्णय गर्यो यो जीतवीरको लाइन थिएन ।
यो का. किरणको लाइन थियो ।यद्यपी सरकार र सदन पनि तत्काल नछोड्ने भन्ने निर्णय भयो ।यो भेला जसले जे खोजे पनि पाउने ‘मनचिन्ते झोला ‘ जस्तै थियो ।का. प्रचण्डमा आफूलाई प्रचण्डपथ वा विचारका प्रणेता बनाउने ,क्रान्ति नायक बनाउने महत्वकांक्षा छ ।
त्यो का. किरण विना सम्भव छैन ।बाबुराम भट्टराई मुख्यत: नेपालका बुद्दिजीवी र भारतका प्रिय पात्र हुन् ।
त्यसैले सारसंग्रहवादी दस्तावेज पारित गरेर का. प्रचण्ड किरणतिर ढल्किए ।कार्यदिशा जितविरको पारित नभएका कारण उनी कमजोर हुँदै गए ।आर.सी.पी, अमेरिकाले खरिपाटीलाई सारसंग्रहवाद भनेर मूल्यांकन गर्यो ।
हामीले एउटा भेलामा शक्ति संचय भनेर विश्लेषण गर्यौं ।यद्यपी नेपालको कम्युनिष्ट आन्दोलनमा खरिपाटी भेलाको विशिष्ट स्थान रहनेछ ।जसमा क्रान्तिकारीहरुले जीवनमरणको अन्तसंघर्ष गरे ।
nepalsandesh
0 comments
Write Down Your Responses