प्रधानमन्त्रीको भारत भ्रमणको आज दोस्रो दिन, राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीलाई भेट्दै
शनिबार, ८ फागुननयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको आज भारत भ्रमणको दोस्रो दिन । ओलीले आज भारत भ्रमणको महत्व भेटघाट गर्दैछन ।
प्रधामन्त्री ओलीले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, राष्टपति मुखर्जी,गृहमन्त्री राजनाथ सिहं लगायतका उच्च तहका नेताहरुस भेटवार्ता गर्ने भएका छन ।
६ दिने भम्रणको क्रममा शुक्रबार साँझ दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थमामा स्वागत गरेकी थिइन ।
नेपालमा भारतले गरेको अघोषित नाकाबन्दी पछि चिसिएको दुइ देशको सम्बन्ध सुधारको लागि ओलीको दिल्ली भ्रमणलाई महत्व पुर्णका साथ हेरिएको छ ।
प्रधानम्नत्रीको टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत लयगायत निजि क्षेत्रमा व्यावसायीहरुको टोली प्रधानमन्त्री संगै दिल्ली भ्रमणमा रहेका छन ।
यसैगरी भारतले लगाएको नाकाबन्दी हटेसम्म् प्रधानमन्त्री ओलीले भारत भ्रमण नजाने अडान दिएपछि भारतले नाकाबन्दी खोलको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणको आजको कार्यक्रम यस्तो छ :
विहान १० बजे राष्ट्रपति भवनमा राजकीय स्वागत
बिहान १०ः३० मा राजघाटमा रहेको महात्मा गान्धीकोको श्रद्धान्जली दिने
विहान ११ बजे विदेश मन्त्री सुष्मा स्वराजसँग राष्ट्रपति भवनमा भेटवार्ता ।
दिउसो १२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता
भेटवार्ता पछि हैदराबाद हाउसमा दुइदेश बिचको आफसी सम्झौतामा हस्ताक्षर र पत्रकार सम्मेलन
साँझ ४ बजे गृह मन्त्री राजनाथ सिंहसँग राष्ट्रपति भवन भेटवार्ता
साँझ ४ः४५ बजे केन्द्रिय वियित्त मन्त्री अरुण जेटलीसंग राष्ट्रपति भवनमा भेटवार्ता ।
साँझ ५ः३० बजे उपराष्ट्रपति हामिद अन्सारीसँग भेटवार्ता साँझ ७ बजे राष्ट्रपति प्रणब मुखर्जीसँग भेटवार्ता
nepalsandesh
0 comments
Write Down Your Responses