जेएनयुका विद्यार्थी नेतालाई जबरजस्ती यस्तो पत्र लेखाइयो
शनिबार, ८ फागुनकन्हैया र परिवारको सुरक्षा गम्भीर चिन्ताको विषय : आयोग
एजेन्सी । देशद्रोहको अभियोगमा पक्राउ गरिएका जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी परिषदका अध्यक्ष कन्हैया कुमारलाई जबरजस्ती पत्र लेखाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
कन्हैया कुमारले लेखेको पत्र भन्दै प्रहरीले सार्वजनिक गरेको पत्र उनले आफ्नो खुसीले भन्दा पनि प्रहरी दबाबमा लेखेको अयोगले जनाएको हो ।
समाचार संस्था पीटीआईका अनुसार शुक्रबार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा कन्हैयाको अपीलको जुन चिठ्ठी दिल्ली प्रहरीले जारी गरेको त त्यो दबाब दिएर लेख्न लगाईको जनाइएको छ ।
दिल्ली प्रहरीले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । मानवअधिकार आयोगका कार्यकारी अध्यक्षले बिहीबार नै आयोगका सदस्य सीके चतुर्वेदी र एसके जैनलाई तिहाड जेल गएर कन्हैयासँग कुराकानी गर्न निर्देशन दिएका थिए ।
पीटीआईका अनुसार मानवअधिकार आयोगको टोलीसँग कन्हैयाले सोधपुछका क्रममा आफूलाई प्रहरीले कुनै शारीरिक यातना नदिएपनि मानसिक यातना दिने कोशिस गरेको बताएका छन् ।
यसै क्रममा उनले प्रहरीले जबरजस्त उक्त चिठ्ठी लेख्न लगाएको बताएका छन् ।
आयोगले पटियाला हाउस कोर्टमा पेशीका क्रममा कन्हैयामाथि भएको हमला पनि पूर्वयोजना अनुसार भएको र यसमा प्रहरीको चरम लापरबाही देखिएको जनाएको छ ।
आयोगले कन्हैया र उनको परिवारको सुरक्षा गम्भीर चिन्ताको विषय भएको समेत उल्लेख गरेको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses