देशको मायाँले चुप बसेका छौं, अब आन्दोलन गर्नपरे राज्यले मुल्य चुकाउनेछः महतो
आइतबार, १६ फागुन
काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधनका लागि आफुहरु हदै सम्मको लाचिलो बनेको बताएका छन् ।
उनले देश असफलता तर्फ नजाओस् भनेर आफुहरु संयमित भएको र राज्यका लागि यो नै सुनौलो अवसर भएकाले आफुहरुको माग सम्बोधन गर्न माग गरे ।
उनले अब पनि मधेसमा आन्दोलन उठे यसले ठुलो मुल्य चुकाउनुपर्ने अवस्था आउने बताए । राजधानीमा आइतबार आयोजित एक अन्तरक्रियामा महतोले अहिले न मधेसमा बन्द छ न नाकाबन्दी, त्यसैले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यलाई उपयक्त समय आएको बताए ।
उनले शक्ति सञ्चयका लागि मधेस आन्दोलनको स्वरुप परिर्वतन गरिएको बताए । उनले अबको आन्दोलन लरतरो नहुने बताए ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses