सेल्फी लिँदा दुईजना किशोरी नारायणीमा खसे
चितवन: सेल्फी खिच्ने चक्करमा मग्न हुँदा दुई किशोरी नारायणी नदीमा खसेका छन् ।पुलमा उभिएर सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो दुई बजे नवलपरासीको गैँडाकोटका दुई किशोरी नारायणी नदीमा खसेका हुन ।
सेल्फी खिच्ने क्रममा खसेका किशोरीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनीसँगै खसेकी अर्की किशोरी भने नदीमा बगेर वेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीको गैँडाकोटकी करिब १६ वर्षीया नम्रता सापकोटा र १८ वर्षीया स्मिता ज्ञवाली नदीमा खसेका हुन्
नारायणीमा खसेकी नम्रतालाई प्रहरीले जीवितै उद्धार गर्न सकेको छ । स्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटेर वेपत्ता किशोरीको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले बताए ।
annapurnapost
0 comments
Write Down Your Responses