दिनदिनै विमान दुर्घटना भएपछि लोकमान पड्किए, को-को लाई थर्काए ?
काठमाडौंमा आफै निस्कियो जमिनबाट ग्यास, कोटेश्वर भीडभाड (हेर्नुस् भिडियो)
काठमाडौं, १४ फागुन । दिनदिनै विमान दुर्घटना हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आक्रोशित बनेका छन् ।
उनले राज्यमाथि प्रश्न उठाउँदै दोषी को हो भनेका छन् ।
दयनीय हवाई सुरक्षाः को जिम्मेवार ?
आज मात्रै नेपालगञ्जबाट जुम्लाका लागि ११ जना व्यक्ति सहित उडेको एयर काष्ठमाण्डपको जहाज कालीकोट जिल्लाको चिल्खायामा दुर्घटनामा परेको खबरले म अत्यन्त दुखी भएको छु । तारा एयरको बिमान म्याग्दीमा गम्भिर दुर्घटनामा परेको दुई दिन बित्न नपाउंदै एयर काष्ठमाण्डपको विमानमा प्राबिधिक समस्या उत्पन्न भई आकस्मिक अवतरण गर्ने क्रममा पुन: आज डरलाग्दो दुर्घटना भएको छ । आकस्मिक अवतरणको क्रममा पाइलट र चालकदलका सदस्यले देखाएको उच्चस्तरको विवेक, कौशल र निर्णय क्षमता अत्यन्तै सह्रानिय छ।  यात्रुको सुरक्षाको खातिर आफ्नो ज्यानको आहुति दिन समेत पछि नपरि जहाजलाई आकस्मिक अवतरण गराई हुनसक्ने थप क्षतिलाई रोक्न सक्नुले चालकदलको उच्च कोटिको व्यवसायिकता र कर्तव्यपरायणतालाई प्रदर्शित गरेको छ ।

सुरक्षित हवाई सेवा सञ्चालनको लागि नेपाल सरकारले बनाएका ऐन कानुन र नियमलाई पूर्ण रुपमा पालन गर्नु एयरलाइन्स कम्पनिहरुको दायित्व हो भने यसको परिपालना भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गरि सुरक्षित हवाई सेवा प्रत्याभुत गराउनु राज्यको दायित्व हो । अन्तराष्ट्रिय नागरिक उड्डयन कार्यालय (ICAO) लगायत बिभिन्न अन्तराष्ट्रिय संघ-संगठनहरुले नेपालको हवाई सेवा असुरक्षित र जोखिमपूर्ण भएकोले सो सम्बन्धमा आवश्यक सुधार गर्न बारम्बार सुझाब दिंदादिंदै पनि हवाई दुर्घटनामा कमि नआउनु संयोग मात्र हो या प्रभावकारी जिम्मेवारि निर्वाह नभएको हो ? एउटा प्रश्न चिन्ह खडा भएको छ ।
भौगोलिक रुपले चुनौतिपूर्ण हिमाली र पहाडी क्षेत्रमा सुरक्षित हवाई सेवाको लागि बिशुद्द मानवीय क्षमतामा मात्र भर नपरि मौसम सम्बन्धि सूचना प्रवाह गर्ने लगायतका अन्य आधुनिक प्रविधियुक्त उपकरणहरुको प्रयोगद्वारा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन जरुरी भएको छ ।  सेवा प्रदायकहरुले नाफामुखि सोंचबाट मात्र अभिप्रेरित नभई दायित्वबोधका साथ सुरक्षित सेवा प्रदानमा कुनै सम्झौता गर्न हुदैन र सरकारले यसको निरन्तर अनुगमन गरि सुरक्षित सेवा प्रदानमा त्रुटी गर्ने उपर कडा कारवाही गर्न कत्ति पनि हिच्किचाहट गर्नु हुदैन ।
यस दु:खद घडीमा हवाई दुर्घटनामा असामयिक निधन भएका चालकदलका सदस्यहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनि ईश्वरसंग प्रार्थना गर्दछु । साथै दुर्घटनामा परि घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । यस अतिरिक्त हवाई यातायातसँग सम्बद्द सम्पूर्ण सरोकारवाला पक्षहरुलाई सुरक्षित हवाई यातायातका लागि अपनाउनुपर्ने सावधानी अपनाउन र भविष्यमा यस प्रकारका दुर्भाग्यपूर्ण घटना दोहोरिन नदिन आवश्यक पहल गर्न समेत अपिल गर्दछु ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses