कोटेश्वरमा ग्यास निस्कियो
काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको छ ।

कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।

खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए ।

सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ । imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses