काठमाडौंमा आफ्नै माईती मार्ने छोरी देख्दा डीएसपीको सातो गयो !
काठमाडौं । टोखामा दुई साताअघि २० वर्षीय संगीता पाण्डे (महर्जन)ले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । प्रहरीले पक्राउ गरेपछि उनी भन्छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चाताप छैन ।’
अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले संगीता निर्मम युवती भएको बताए । ‘यस्तो किसिमको जब्बर युवती अहिलेसम्म भेटिएको थिएन, सम्पत्तिका लागि युवतीले आफ्नै बुबा मारेको खुल्दा विश्वासै लागेन,’उनले भने।
आमा र दाजुको पनि हत्या योजना
संगीताले २० माघमा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो। तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन ।
हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम-बिहे गरेकी थिइन् ।
तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक-पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् । माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् ।
तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् । नयाँ पत्रिकामा समाचार छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses