भुवन केसीमाथि २० लाख हिनामिनाको आरोप, धमाधम खोजी
काठमाडौं । लफडाको एउटा नाम हो नायक भुवन केसी । सधैं केही न केही विवादित काम गरी चर्चा र विवादमा छाइरहने उनै केसीमाथि अहिले लाखौं रकम हिनामिनाको आरोप लागेको छ ।यही फागुन २१ गते रिलिज हुन लागेको चलचित्र ड्रिम्सको प्रर्दशनी रोक्न र भुवन केसीले आफूमाथि अन्याय गरेका कारण न्याय दिलाइदिन माग गर्दै निर्माता रवि बस्नेतले न्यायका लागि अपराध अनुसन्धान महाशाखा, सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्ड गुर्हान पुगेका छन् ।
चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने नाफा वरावरी वाड्ने सहमति भएपनि त्यसको उल्लंघन भुवनले गरेको र बैंकमा रहेको रकम अफचलन गरेको आरोप बस्नेतको छ ।
सहकर्मीहरुसँग एकाथरी सम्झौता गरी अर्काेथरी प्रोजेक्टमा खर्चे गरेको र संयुक्त खातामा रहेको रकम अन्य सहकर्मीहरुको विना जानकारी अपचलन गरेको आरोप लगाउँदै उनका सहकर्मीहरु नै केसीविरुद्ध प्रहरी कहाँ पुगेसँगै चलचित्र ‘ड्रिम्स’को मुद्दा पेचिलो बन्न पुगेको छ ।
लफडाको खास कारण
चलचित्र ‘ड्रिम गर्ल’ निर्माण गर्ने विषयमा रवि बस्नेत, सत्य नारायण बस्नेत र काजोल फिल्मस् (प्रा)लिको एउटा सम्झौता भएको थियो । काजोल फिल्म (प्रा)लिका संचालक नायक भुवन केसी हुन ।
२०७१ वैशाख १८ गतेका दिन नेपाली कथानक चलचित्र ड्रिम गर्ल निर्माण गर्ने र मुनाफा पनि ३३ प्रतिशतका दरले वितरण गर्ने सम्झौता भएको थियो ।
चलचित्र छायांकनका क्रममा निर्माताहरु रवि, सत्य नारायण बस्नेत र केसी ३ जनाको नाममा विभोर विकास बैँकमा संयुक्त रुपमा खाता खोलिएको थियो । तर अचानक भुवन केसीले सुपर काजोलको व्यानरमा ड्रिम गर्ललाई परिवर्तन गरी ड्रिम्स नामाकरण गरेसँगै रवि चिडिएका हुन् ।
निर्माता रवि बस्नेतले चलचित्र ड्रिम्सका नाममा १९ लाख ६० हजार रुपैयाँ खर्च गरेको बताएका छन । उनले भुवन केसीका नाममा बीरगञ्जबाट ४ लाख नगद आइएमई मार्फत, पोखराबाट आइएमई मार्फत नै ५० हजार तथा सुटिङ अवधिभरको ४० दिनमा भएको खर्च गरी कुल १९ लाख ६० हजार खर्च भएको दाबी गरेका छन् ।
चलचित्र ड्रिम्सको रिलिज पूर्व नै भुवन केसी पक्राउ परे भने आश्चर्य नमाने हुन्छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनालको प्रतिष्ठाको विषय समेत जोडिने हुँदा ड्रिम्सको रिलिज पूर्व नै केसीलाई प्रहरीले समाउन सक्ने बताइन्छ ।
dainiknepal
0 comments
Write Down Your Responses