कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना
काठमाडौं, फागुन १२ । कालोबजारी अन्त्य गर्न नसकेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उपभोक्ता हित संरक्षणले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले नाकाबन्दीको अन्त्य हुँदासमेत सरकार कालोबजारीकै इशारामा नाचेको आरोप लगाए ।राज्यले प्रवाह गर्ने सेवामा समेत भ्रष्टचार र कालोबजारी बढेको भन्दै उनीहरुले कालोबजारी अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन माग गरे । मानवीय संकटको बेलामासमेत उपभोक्तामाथि चरम शोषण भएको भन्दै उनीहरुले कालोबजारी नियन्त्रण गर्न सेवा प्रदायक निकायको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
पूर्व मूख्यसचिव लीलामणी पौडेलले कालोबजारी नियन्त्रण गर्नका लागि जनता आफैं जागरुक हुनुपर्ने भन्दै राजनीतिक दलको भूमिका पनि महत्वपूर्ण हुने औंल्याए । उनले पछिल्लो समयमा बढेको कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेकाले नियन्त्रण गर्नु जरुरी रहेको बताए ।
अरु वक्ताले भने सरकार आफैं भ्रष्टाचार र कालोबजारीमा संलग्न रहेकाले कालोबजारी नियन्त्रण चुनौतिपूर्ण रहेको बताए ।
imagekhabar
0 comments
Write Down Your Responses