हराएको तारा एयरको विमान जंगलमा दुर्घटनाग्रस्त, पाइलटसहित २३ जनाकै मृत्यु
काठमाडौं, १२ फागुन । आज बिहानदेखि हराएको तार एयरको ९ एन ए एचएच कल साइन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
लामो खोजपछि दिउँसो म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पर्यटन मन्त्री आनन्द पोखरलले जानकारी दिए ।
उनका अनुसार पाइलटसहित जहाजमा सवार २३ जनाकै मृत्यु भएको छ । जहाज पनि जलेको र शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा फेला परेको मन्त्री पोखरेलले बताए ।
पोखराबाट जोमसोमका लागि उडेको १३ मिनेटपछि विमान हराएको थियो । जोमसोम पुग्न १८ मिनट लाग्छ ।
म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए । ‘जंगल पुरै जलेको छ । वरपरका जंगलमा समेत आगो लागेको छ ।’
उनका अनुसार घटनास्थलमा स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा पुगेका छन् । उद्दारका लागि बाँकी प्रहरी र सेनाको टोली त्यसतर्फ लागेको डीएसपी खड्काले जनाए ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses