४३ वर्षसम्म अमेरिकी कालकोठरीमा बसेका व्यक्तिको यस्तो इच्छा…
शनिबार, ८ फागुनएजेन्सी । अमेरिकाको इतिहासमा नै सबैभन्दा धेरै ४३ वर्ष जेलजीवन बिताएका अल्बर्ट वुडफक्स रिहा भएका छन् ।
जेलमुक्त भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नी आमाको समाधीस्थलमा जाने चाहाना रहेको बताएका छन् ।
उनी जेलमै भएको बेलामा उनकी आमाको मृत्यु भएको थियो । उनलाई आमाको अन्तिम संस्कारमा जान समेत स्वीकृति दिइएको थिएन ।
उनले भनेका छन्, ‘म फेरि एक पटक आफूलाई निर्दोष सावित गराउने विषयमा सोचिरहेको थिए तर मेरो स्वास्थ्य । उमेरका कारण उत्पन्न चिन्ताले मलाई यसको समाधानका लागि प्रेरित गर्यो र आरोपमाथि चुनौती नदिने सर्तमामा मलाई रिहा गरिएको हो ।’
उनले जेलबाट बाहिर आएपछि आफूमाथि लागेको आरोपविरुद्ध कुनै चुनौती पेश नगर्ने तर उनले आफ्नो सजायको स्वीकाराक्ति भने नगरेको बताएका छन् ।
दशकौंको जेल सजाय काट्ने कैदीहरुको एक समूह ‘अंगोला थ्री’ मा वुडफक्स अन्तिम कैदी थिए । वुडफक्स लुइजियानाको कुख्यात ‘अंगोला जेल’ मा डकैती र आक्रमणको आरोपमा बन्दी भएको समयमा सन् १९७२ मा गार्ड ब्रेन्ट मिलरकामे हत्या गरेपछि उनलाई कालकोठरीमा थुनिएको थियो ।
मिलरको हत्याको बारेमा ६९ वर्षीय वुडफक्सले पटक पटक आफू निर्दोष रहेको बताउँदै आएपनि अन्तिममा आएर हत्याको आरोप स्वीकार गरेपछि रिहा गरिएको हो ।
दशकौ जेलमा बस्दा उनले दुई पटक अदालतमा रिट हालेपनि दुवैपटक अदालतले खारेज गरिदिएको थियो । लुइजियाना सरकार तेस्रोपटक वुडफक्सका विरुद्ध मुद्दा चलाउने तयारीमा रहेको थियो ।
उनका वकिलले उनलाई दैनिक २३ घन्टासम्म बन्द कोठरीमा राख्ने गरेको बताएका छन् । वुडफक्स कडा सुरक्षा सर्तकतासहित राखिएका तीन कैदीसँगै अंगोला जेलमा रहेका थिए जसलाई ‘अंगोला थ्री’ का उपनामले चिन्ने गरिन्थ्यो ।
बाँकी दुई जना कैदै रोबर्ट किंग र हर्मन वालेसलाई सन् २००१ र २०१३ मा रिहा गरिएको थियो । मिलरको हत्याको घटनामा वालेस निर्दोष सावित भएका थिए तर त्यसको केही दिनपछि नै उनको मृत्यु भएको थियो भने किंग पनि आरोपमुक्त भएका थिए ।
वुडफक्स र वालेस काला जातिहरुको अधिकारका लागि लडाई लड्ने एक चरमपन्थी समूहसँग जोडिएका थिए । यो समूह काला जातिका मानिसमाथि प्रहरीको बर्बरता र नस्लवादका विरुद्ध आत्मरक्षाका लागि सन् १९६६ मा बनेको थियो ।
nepalsandesh
0 comments
Write Down Your Responses