काँग्रेस पनि सरकारमा आउँछ– सचिव भट्टराई
८ फागुन, पाँचथर।नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस पनि विस्तारै सरकारमा सामेल हुने बताएका छन् ।
पाँचथरको फिदिममा आज रासससँग कुराकानी गर्दै उनले नेपाली काँग्रेसको १३औँ महाधिवेशनपछि काँग्रेससमेतको सहभागितामा एमाले नेतृत्वको सहमतीय सरकार बन्ने बताएका हुन । विगतमा एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि काँग्रेस प्रतिपक्षमा बस्दा जटिलता बढेको उनको भनाइ थियो ।
अब सबै दल एक ठाउँमा नउभिए नयाँ संविधानको कार्यान्वयनमा लैजान चुनौती थपिने बताए । यस्तै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशमा देखिएको सम्बन्ध समधुर बन्ने उनले विश्वास व्यक्त गरे । अहिलेको भ्रमण ठूलो उपलब्धि हात पार्नेभन्दा पनि चिसिएको सम्बन्धलाई अघि बढाउनेमात्रै भएको पनि उनले उल्लेख गरे ।
nepaliheadlines.
0 comments
Write Down Your Responses