प्रवासी नेपालीहरुले दिल्लीमा प्रधानमन्त्रीलाई बुझाए १६ बुँदे ज्ञापन पत्र
नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्माले ओलीलाई त्यहाँ रहेका प्रवासी नेपालीहरुले ज्ञापन-पत्र बुझाएका छन् ।१६ बुँदे ज्ञापन-पत्रमा त्यहाँ रहेका प्रवासीहरुले भोग्नुपरेका समस्या तथा नेपाल र भारत सरकारले गर्नुपर्ने कामवारे उल्लेख गरिएको छ । प्रवासी नेपालीहरुका तर्फबाट प्रवासी नेपाली संघ, भारतका अध्यक्ष लोकनाथ भन्डारी, नेपाली एकता समाज, भारतका अध्यक्ष लक्ष्मण पन्त, अखिल भारत नेपाली एकता मञ्च केन्द्रिय सदस्य आरबी खडका र मूलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य ठाकुर खनालले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा भारत तथा नेपालबीच सम्पन्न १९५० को असमान शान्ति तथा मैत्री सन्धीलाई खारेज/ पुनरावलोकन गरी नेपालको सार्वभौमसत्तामा आंच नआउने तथा भौगोलिक अखण्डता नखल्बलिने गरी समयसापेक्ष आवश्यकतानुसार नयां सन्धी गर्नुपर्नेदेखि नेपाली नागरिकता वा राहदानीका आधारमा नेपालीहरुले बैंकमा खाता खोल्न पाउनु पर्ने लगायतका माग छ ।
ज्ञापन पत्रमा भारत नेपाल सिमामा भारतीय सीमा सुरक्षा बल र प्रहरीले नेपालीहरु दुख दिने, भएको पैसा लुटिदिने जस्ता घटनाहरु दिनहु घट्ने गरेको भन्दै यस तर्फ सरकारले विशेष ध्यान दिएर यो समस्या समाधान गर्न माग गरिएको छ ।
ratopati
0 comments
Write Down Your Responses