प्रजातन्त्र दिवससँगै प्रधानमन्त्री ओलीले दिल्लीमै मनाउने जीवनकै यो ठूलो दिवस
काठमाडौं, १० फागुन । प्रजातन्त्र दिवसकै दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनकै ठूलो दिवस पनि दिल्लीमै मनाउने भएका छन् ।६ दिने भारत भ्रमणका क्रममा दिल्लीमा रहेका ओलीको चौथो दिन आज जन्मदिन परेको छ । आफ्ना सुखदुःख जनतासँग बाडेर अघि बढ्नुपर्ने भएपनि प्रधानमन्त्री ओली आफ्नो जन्मदिन पराईदेशमा मनाउँदैछन् ।
दिल्लीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्री ओलीको आज ६५ औं जन्म दिन परेको बताए । यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बधाईं तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले भारतका आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत ओलीलाई पुष्प गुच्छा पठाई शुभकामना र बधाई दिएको दाहालले जानकारी दिए । प्रधानमन्त्री ओलीेले उनीहरुमार्फत मोदीलाई धन्यबाद ज्ञापन गरे ।
आजै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतका विदेश मन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिइन् । प्रधानमन्त्री ओलीसँग आजै भारतका उर्जा राज्य मन्त्री श्री पियुष गोयलले शिष्टाचार भेट गरे ।
dainiknepal
0 comments
Write Down Your Responses