ठग मेनपावर कम्पनीलाई कारबाही गरेपछि आन्दोलन

काठमाडौं, १३ । दैनिक हज्जारौँ सर्वसाधारणलाई ठगी गरेर दुःख दिएको गुनासो बढी रहेका बेला प्रहरीले त्यस्ता म्यानपावर कम्पनीमा छापामारेपछि विरोधमा उत्रिएका वैदेशिक रोजगार व्यवासयीले आन्दोलन सुरू गरेका छन् ।
राजधानीमा बिहीबार भेला गरेका व्यवसायीहरूले राज्यविरुद्ध आक्रोश पोखेका छन् । सर्वसाधारणलाई विदेश रोजगारीमा पठाउने बहानमा करोडौ ठगी गरिरहेका उनीहरूले प्रहरीको पनि आलोचना गरेका छन् ।
महानगरीय प्रहरी वृत्त अपराध महाशाखाले बुधबार विभिन्न मेनपावर कम्पनीमा छापामारी कागजपत्र र सञ्चालकहरूलाई नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा व्यवसायीहरूले बिहीबार सम्पूर्ण मेनपावरको कार्यालय बन्द गरी आन्दोलनमा उत्रिएको जनाएका छन् ।
व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्देशनमा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले राज्यबाट रोजगार व्यवसायीमाथि आतंकको स्थिति सामान्य नभएसम्म व्यवसाय सूचारु नगर्ने चेतावनी दिएका छन् ।
प्रहरीको छापाको विरोध गर्दै व्यवसायीहरुले कम्पनी सञ्चालनका लागि लिएका लाइसेन्स व्यवसायी संघलाई बुझाएका छन् । राज्यले व्यवसाय गर्ने वातावरण नबनाएको भन्दै उनीहरुले एकमुष्ट रुपमा सरकारलाई लाइसेन्स जिम्मा लगाउने गरी संघमा बुझाएको बताए ।
संघका अनुसार बिहीबारभन्दाअघि प्रवेशाज्ञा पाइसकेका कामदारहरुलाई सातदिनभित्र उडाईसक्ने र त्यसपछि कुनै पनि प्रकारका पूर्व तथा अन्तिम श्रम स्वीकृति व्यवसायीहरुले नलिने भएका छन् ।
बुधबार १७ मेनपावर कम्पनीका १० जना सञ्चालकहरु पक्राउमा परेका छन् । संघले बिहीबार आकस्मिक रुपमा व्यवसायी भेला गरी फागुन २२ गतेदेखि पूर्व तथा अन्तिम स्वीकृति नलिने तथा सरकारले दिएको सबै लाईसेन्स फिर्ता गर्ने निर्णय लिएको हो ।

संघका अध्यक्ष विमल ढकालले राज्यले ज्यादती गरेभन्दै यही अवस्थामा व्यवसायीहरुले व्यवसाय गर्ने अवस्था नरहने बताए ।
मेनपावर कम्पनीमा छापा मार्ने प्रहरीलाई कारबाहीको माग संघले गरेको छ ।
अघिल्लो पटक फ्री भिषा र फ्री टिकटको विषयमा १९ दिनसम्म आन्दोलन गरेका व्यवसायीहरुले कुनै उपलब्धी हात नपरेकोप्रति नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले अबको आन्दोलन निर्णायक र खुट्टा नकमाउने खालको हुनुपर्ने दबाब व्यवसायीको छ ।
दुई दर्जन बढी व्यवसायीहरुले लाइसेन्स संघलाई बुझाएका छन् । शुक्रबार साँझ ५ बजेसम्म सबै व्यवसायीलाई लाइसेन्स बुझाउन संघले आग्रह गरेको छ ।
“गैर कानूनीतवरलेविदेश पठाईअलपत्रपारी संगठित रुपमा ठगी गर्ने मेनपावरका संचालकहरु पक्राउ”
घटना विवरण
बैदेशिक रोजगारमा पठाउदा फ्रिभिषा,फ्रिटिकट गरी अधिकतम १०,००० भन्दा बढि रकमलिननपाउने नेपाल सरकारको निर्णय समेत भएकोमा केही मेनपावरकम्पनिहरुले विदेशमा रोजगारीमा पठाउदा धेरै रकमलिने गरेको, कामदारहरुलाई तोकिएको संझौताअनुसारको कामनलगाई श्रम सोशण गरी मानव बेचविखन समेत गरेको, ख्ष्कष्त भिषामाकामदार पठाई विदेशमाअलपत्रपार्ने र नक्कलीकागजातहरु समेत बनाई विदेश पठाउने गरेको एंव संगठित रुपमाकामदारहरुलाई ठगी गर्ने गरेको सूचनाएंव पीडितको जाहेरी यस महाशाखामाप्राप्तहुनआएकोमा यस महाशाखाबाट त्यस्तो गैर कानूनीकार्यमा संलग्न मेनपावरहरुलाई निग्रानीमा राखी के कसरी के कति रकमलिई संगठितरुपमा ठगी गर्दछन् भन्ने सूचना संकलन समेत गरिएकोमा त्यसरी नेपाल सरकारको निर्णय विपरीत ठुलोमात्रामा रकम उठाई संगठितरुपमा कामदारहरुको श्रम सोशण गरी मानव बेचविखन समेतमा संलग्न मेनपावरहरुमा यस अपराध महाशाखाबाट खटिएको विषेश टोलीले खानतलासी समेत गरी निम्न मेनपावरका संचालकहरुलाई मिति २०७२।११।१२गते पक्राउ गरी ठगी मुद्दामा आवश्यककारवाहीको लागिमहानगरीय प्रहरी परिसर काठमाण्डौ,ललितपुर र बैेदेशिक रोजगार विभागमा पठाईएको ।
महानगरीयप्रहरी परिसर काठमाण्डौमा पठाईएका मेनपावर संचालकहरुः
१. कल्पना रावत भेरी कर्णली ईन्टरनेश्नलप्रा.लि. का.जि.का.म.न.पा. वडा नं.७
२. रद्युनाथ पुरी द रिभर ओभरसिजप्रा.लि. का.जि.महाराजगंज वडा नं.४
३. नवराजचौलागाई काबेलीह्युमन रिर्सोस प्रा.लि जि.पाँचथर रानीगाउँगा.वि.स.वडा नं.३ घर भई हालबालकोट भक्तपुर वडा नं.२ बस्ने
४. अनिल राई मोविरा ओभर्रिसज प्रा.लि. जि.भोजपुर कोट गा.पि.स.वडा नं.९ घर भई हालका.जि. का.म.न.पा. वडा नं.३५
५. दिनेश श्रेष्ठ गोरखा नेपालप्लेसमेन्ट प्रा.लि. जि.ल.पु.लुखुसी वडा नं.१७ रु ७०,०००।
६. शोभाकार्की नेपाल रिक्रुटिङ्ग सर्भिसेज प्रा.लि. का.जि.कोटेश्वर पेप्सीकोला
१. १.युवराज राई
२.कंचन राई गुरुङ्ग ईनोभेटिभ ह्युमन रिर्सोसप्रा.लि १.जि.उदयपुर बेल्टार न.पा.वडा नं.२
२.जि.ल.पु.सुनाकोटी वडा नं.२७ १.भारु रु १३००।
२.साउदी रियाल–१००
३.रु ५ लाख ६१ हजार
बैदेशिक रोजगार विभागमा पठाईएको मेनपावर संचालकहरुः
सि.नं. संचालकको नाथर मेनपावर कम्पनीको नाम ठेगाना बरामद रकम
१. यामबहादुर बुढाथोकी लाईफ लाईन ओभरसिजप्रा.लि. जि.सल्यानहिउल्चागा.वि.स.वडा नं.२
२. महमद मुस्ताक साना ईन्टरनेशनल प्र.लि. जि.सर्लाहीमलङ्गगवागा.वि.स.वडा नं.३
३. दिपकुमार श्रेष्ठ संचालक
अल सेक्युर मेनपावर रिक्रुटमेन्ट जि.झापातोकगाछि गा.वि.स.वडा नं.५
रु ६ लाख ९९ हजार ५ सय ।
४. अनुराजप्रधान सिखर ईन्टरनेश्नल मेनपावर सर्भिसेज प्रा.लि. का.जि.का.म.न.पा. वडा नं.२
मिति२०७२/११/१३गते
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses