कांग्रेसमा गगनलाई टक्कर दिने यी को हुन् ? ससुराबाट यसरी हेपिए
काठमाडौं, १५ फागुन । गगन थापालाई टक्कर दिन नेपाली कांग्रेसमा एक जना नेता लागिरहेका छन् ।ती नेता गगनकै नातेदार हुन् । नाताले ससुरा पर्ने उनको नाम हो अर्जुननरसिंह केसी । संस्थापन पक्षसँगको सम्बन्ध विच्छेद गरी केसी आसन्न १३ औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको छ । केसी आफ्ना ज्वाई गगनलाई टक्कर दिँदै देउवा प्यानल महामन्त्री पदमा लड्न लागेका हुन् ।
यता लोकप्रिय युवा नेताको छवि बनाएका गगन पनि महामन्त्रीका आकांक्षी हुन् । उनी संस्थापनबाट महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना छ । यसो भएमा कांग्रेसमा पहिलोपटक ससुरा ज्वाईबीच कडा प्रतिस्पर्धा हुनेछ ।
आफ्नै ससुराबाट यसरी हेपिए गगन
संस्थापन पक्षबाट टिकट पाउने सम्भावना नभएपछि गगन संस्थापनको नामबाट सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका कृष्ण सिटौलाको प्यानलबाट महामन्त्रीका उम्मेदवार बन्न लागेका हुन् ।
ससुरा र ज्वाईंबीचको भीडन्त हुने देखिएपनि केसीले गगनलाई हेपेका छन् । उनले आफू महामन्त्रीमा उम्मेदवारी दिने मनस्थितिका साथ अघि बढिसकेकाले कसैलाई पनि नछाड्ने घोषणा गरे । उनले ज्वाईं गगन थापा अर्को पक्षबाट उम्मेदवार बने पनि आफू पछि नहट्ने बताए । उनले भने– ‘ज्वाईं पनि महामन्त्रीमा उठ्ने चर्चा बजारमा आइरहेको छु । म धेरै अघि बढिसकें, पछि हट्ने ठाउँ छैन ।’
नेता केसीले आफू निकटस्थहरुसँग गगनको महामन्त्री लड्ने हाइट नपुगेको भन्दै आलोचना गर्ने गरेको उनी निकस्थ स्रोत बताउँछ ।
उनले संस्थापन पक्षले गगनलाई उम्मेदवार बनाए आफूले पुर्नविचार गर्ने र कुनै पनि प्यानलबाट नभई एक्लै चुनाव लड्न आए भिड्ने स्पष्ट पारे ।
केसीले महामन्त्रीमा आफ्नो र सभापतिमा शरेबहादुर देउवाको विजय सुनिश्चित भएको दाबी गरे । देउवासँग विचार मिलेकाले आफू सहकार्यका लागि तयार भएको बताए ।
dainiknepal
0 comments
Write Down Your Responses