स्रोत र साधनलाई सदुपयोग गरी बेरोजगारी र परनिर्भरता उन्मूलन गर्न सकिने: राष्ट्रपति
१५ फागुन, काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गरी आत्मनिर्मर हुने बाटो पहिल्याउन सके बेरोजगारी र परनिर्भरता उन्मूलन हुने बताएकी छिन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा घरेलु तथा लघु उद्योगबाट आत्मनिर्भर हुनसक्ने प्रशस्त सम्भावना भएकाले सहकारीका माध्यमबाट उद्योगी तथा कृषकले सजिलै काम गर्नसक्ने बताइन् ।
उनले बेरोजगारीका कारण युवा जनशक्ति बिदेश पलायन भइरहेकाले बेरोजगारी हटाउन घरेलु तथा लघु उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले एकका लागि सबै र सबैका लागि एक भन्ने मुल नारा बोकको सहकारी संस्थाले राष्ट्रको अर्थतन्त्र मजबुत बनाउने कडीका रुपमा काम गरेको बताईन् ।
कार्यक्रममा सहकारी क्षेत्रमा योगदान पु¥याएवापत ८ वटा सहकारी संस्थालाई पुुरस्कृत गरिएको थियो भने सहकारी संस्थाका माध्यबाट योगदान दिएवापत पाँच जनालाई सम्मान गरिएको थियो ।
nepaliheadlines
0 comments
Write Down Your Responses