संखुवासभालाई केन्द्र बनाएर नयाँ भूकम्प
संखुवासभाः संखुवासभालाई केन्द्र बिन्दु बनाएर मंगलबार ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।बिहान ८ बजेर ४५ मीनेट जाँदा संखुवासभाको माङ्तेवालाई केन्द्र विन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का संखुवासभा, भोजपुर, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लामा महशुस गरिएको थियो ।
भूकम्पको धक्का महशुस भएपछि संखुवासभाका स्थानीयबासी घरबाट बाहिर निस्किएका थिए । खुल्ला चौरमा भेला भएर बसेका उनीहरु अहिले विस्तारै घरतर्फ फर्कन थालेका छन् ।
भूकम्पले पुर्याएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उक्त भूकम्प बैशाख १२ गते गएको भूकम्पको पराकम्प नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
annapurnapost
0 comments
Write Down Your Responses