जातीय मुद्दा हिंसात्मक बन्दा एकको मृत्यु, २० घाइते
शनिबार, ८ फागुन
नयाँ दिल्ली । उत्तरी भारतमा सरकारले जातीय उत्थानलाई बढावा दिन र पिछडिएका जाति तथा समुदायलाई थप सहुलियत कोटा (कास्ट कोटा बेनिफिट्स) मा वृद्धि गर्न दबाब सिर्जना दिन गरिएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शुक्रबार एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।
हरियाणा राज्यको रोहतकमा आन्दोलनकामा सहभागी हजारौँ ‘जात एग्रिकल्चरल कम्युनिटी’ ले आफूहरुलाई सरकारद्वारा उपलब्ध गराउँदै आएको रोजगारी र विश्वविद्यालयमा अध्ययन गर्नका लागि थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।
प्रहरी अधिकारी सौरभ सिंहले आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा तथा गोली चलाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन चलाइएको जवाफी कारबाहीमा एक नागरिकको मृत्यु भएको बताए ।
झडपमा दुवैतर्फ गरी करिब २० जना घाइते भएको स्थानीय टेलिभिजन च्यानलले जनाएका छन् ।
आन्दोलनले व्यापकरुप लिन थालेपछि प्रान्तीय राज्यका अधिकारीले अर्धसैनिक बल प्रयोग गरेर भए पनि स्थितिलाई छिट्टै नियन्त्रणमा लिन निर्देशन दिएपछि सुरक्षाकर्मीले आन्दोलनविरुद्ध बल प्रयोग गरेको हो ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses