५ महिना अघि बेचिएर इराक पुगेकी छोरी नेपाल फर्किएपछि..
शनिबार, ८ फागुनकाठमाडौ । ‘के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ ! बचेर घर फकिन्छु भन्ने त आसै थिएन,’यति भनिसक्दा उनी भक्कानिइन ।
‘नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।
उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन
हसनपुर-४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन ।
गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँदै इराक पुगेकी थिईन उनी ।
तर उनका आमा बुवा सञ्चार माध्यमको सम्र्पकमा आएर समाचार प्रकासित भएपछि मनिषालाई एजेन्टले नै सकुसन नेपाल झिकाइदिए। मंगलबार काठमाडौ झरेकी उनी बिहिबार आफनो घर धनार पुगेकी हुन। आजको नागरिकमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses