‘घर फर्किन्छु भन्ने त आसै थिएन’
काठमाडौं, ८ फागुन । के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ, बचेर घर फर्किन्छु भन्ने त आसै थिएन, यति भनिसक्दा उनी भक्कानिइन । नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।
उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन ।
हसनपुर ४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन ।
गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँखै इराक पुगेकी थिईन । नागरिक दैनिकले समाचार छापेको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses