उपेन्द्रलाई सद्भावनाले यसरी तह लागउने, ‘महागठबन्धन’ अबको रोडम्याप
काठमाडौं, ९ फागुन । तराई मधेसमा छ महिनादेखि जारी आन्दोलनको समीक्षा र भावी आन्दोलनका विषयमा परामर्श गर्न सद्भावना पार्टीको राष्ट्रिय कार्यकारिणीको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।पार्टी मुख्यालय नयाँबानेश्वरस्थित थापागाउँमा बस्ने बैठकमा मधेसी मोर्चाको आन्दोलनका विषयमा अलि धेरै समीक्षा हुने महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘राष्ट्रिय कार्यकारिणीको कार्यसम्पान समितिको बैठकमा विशेष गरेर मधेस आन्दोलनका विषयमा छलफल केन्द्रित छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चालाई हाम्रो सुझाव महागठबन्धन बनाएर जाने नै प्रस्ताव रहन्छ । त्यसबाट पछाडि हट्दैनौँ ।’
वर्तमान संविधानको विरोधमा मधेसमा आन्दोलन गर्दै आएको सद्भावना पार्टीले संसद बाहिर रहेका साना दलहरूलाई पनि मधेसी मोर्चामा समावेश गरी महागठबन्धन बनाउन प्रस्ताव गर्दै आएको छ । तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सद्भावना पार्टीको प्रस्तावलाई अस्वीकार गर्दै आउनु भएको छ ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, भावी आन्दोलन, राजनीतिक मुद्दा, संविधानको विरोधलगायतमा आज पनि छलफल केन्द्रित रहनेछ सुमनले बताउनुभयो ।
शुक्रबारदेखि सुरू भएको कार्यसम्पादन समितिको बैठक संभावत आज बेलुकासम्म सक्किनेछ । बैठक ११ बजेपछि बस्ने कार्यक्रम छ ।
dainiknepal
0 comments
Write Down Your Responses