तारा एयरका विषयमा के भन्छन् मुस्ताङका डिएसपी योगी
काठमाडौं, १२ फागुन । मुस्ताङ जिल्लाका प्रहरी प्रमुख डिएसपी हरिहर योगीले हराइरहेको तारा एयरको बिमान खसेको भनिएको स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।उनले सो स्थानमा आगो देखिएकाले बिमान दुर्घटना भएको हुन सक्ने अनुमान आफ्नो रहेको बताए । डिएसपी योगीले भने, ‘बिमान रुप्सेमा खसेको अनुमान छ । घोप्टे भीरमा नि खसेको खबर आएको छ । तर यकिन भइसकेको छैन ।’
दस बजेर २० मिनटमा दैनिक नेपालसँग कुरागर्दै उनले भने, ‘बिमान फेला परेको भनिएको स्थानतर्फ प्रहरी पठाएको छु । बिमानको उद्धार र खोजीका लागि हामी खट्टिरहेका छौँ । बिमानमा तीन जना चालक दलका सदस्य, १८ जना नेपाली र दुई बिदेशी रहेको बुझिन आएको छ । बिमान रुप्से वा घोप्टेभीरमा कहाँ खसेको हो त्यो अझै थाहा हुन सकेको छैन । हाम्रो अनुमान अनुसार रुप्सेमा बिमान खसेको हो की भन्ने छ । तर त्यहाँ पुगेर प्रहरीले खबर नदिँदासम्म यकिन भन्न सकिँदैन ।’
बिमानको खोजीका लागि नेपाली सेनाले पनि आफ्नो हेलिकप्टर परिचालन गरेको जनाएको छ ।
(समाचारमा मुस्ताङ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।)
dainiknepal
0 comments
Write Down Your Responses