इतिहासमा सबै भन्दा महंगा ८ दुर्घटना
नेपालमा पछिल्लो समय विमान दुर्घटना हुने क्रम बढेको छ । आज(बुधबार) बिहान पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्कविहिन भएको जनाएको छ । जहाजमा जम्मा २० जना सवार थिए । जसमा चालकदलका तीन सदस्य र १७ जना यात्रु छन् । मान बेपत्ता भए लगत्तै फेरि नेपाली आकाश र जहाजको विषयमा चर्चा हुन थालेको छ ।

पटकपटक विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित रहेको भन्ने हल्ला पनि विश्वभर फैलिने गर्छ । त्यसो त आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले पनि नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको यसअघि नै देखाइसकेको छ । तर विमान दुर्घटना नेपालमा मात्र हुँदैनन् ।

गत सन् २०१५ को मार्च ८ देखि वेपत्ता मलेसियन विमान अझै भेटिएको छैन । यस्को खोजिमा हाल सम्म अर्वौं डलर खर्च भैसकेको छ । यो इतिहासमै सबैभन्दा महंगो दुर्घटना र उद्धार प्रयास मध्ये एक सावित भएको छ । मलेसियाको क्वाललम्पुरबाट चीनको राजधानी बेइजिङ जाँदै गरेको २३९ जना सावार विमान आकाशबाटै हराएपछि दुनियाँ चकित परेको छ ।


तर मलेसियन विमान मात्र होइन यस अघि पनि मानव इतिहासमा निक्कै महंगा दुर्घटना भएका छन् । आउनुस् जानौं दुनियाँका सबै भन्दा महंगा ८ दुर्घटनाबारे ।

१ अमेरिकी बम्बर बी २ दुर्घटना

मितिः २३ फेव्रुअरी २००८ ।

दुर्घटनास्थलः गुआम, सैनिक अखडा अमेरिका ।

खर्चः १ दशमलव ४ अर्व डलर ।



यो दुर्घटना अमेरिकी सेनाको गुआम सैनिक अखडामा भएको थियो । उडान भरेको केह समयमै दुर्घटनामा परेको यो बम्बर जेट महंगो सावित भयो । यो सबै भन्दा महंगो दुर्घटना मध्ये एक मानिन्छ ।

२ युक्रेन आणविक दुर्घटना

मितिः २६ एप्रिल १९८६ ।

दुर्घटनास्थलः चेर्नबल युक्रेन ।

खर्चः २०० अर्व डलर ।


१९८६ को युक्रेनको आणविक दुर्घटनापनि दुनियाँका महंगा दुर्घटना मध्ये एक मानिन्छ । युक्रेन सोभियत संघमा रहँदै भएको यो दुर्घटना परमाणु उर्जा प्लान्ट पड्किएपछि भएको थियो ।

३ टाइटानिक जहाज दुर्घटना

मितिः १५ एप्रिल १९१२

दुर्घटनास्थलः उत्तरी आन्द्र महासागर

खर्चः १५० मिलियन डलर



टाइटानिक जहाज दुर्घटना पनि विश्वका सबै भन्दा चर्चित र महंगो दुर्घटना मध्ये एक हो । १५०० यात्रु बोकेर बेलायतको साउथम्टनबाट न्यूयोर्क तर्फ लागेको जहाज बरफको पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

४ कोलम्बिया यान दुर्घटना

मितिः फेब्रुअरी २००३ ।



दुर्घटनास्थलः टेक्सास, अमेरिका ।

खर्चः १३ अर्व डलर ।


अमेरिकी अन्तरिक्ष अध्यन संस्था नासाको कोलम्बिया यान पृथ्वीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । यो पनि निक्कै महंगो दुर्घटना मानिन्छ ।

५ च्यालेन्जर यान दुर्घटना

मितिः २८ जनवरी १९८६ ।

दुर्घटनास्थलः आन्द्र महासागर ।

खर्चः ४ दशमलव ५ अर्व डलर ।


अमेरिकी अन्तरिक्ष यान च्यालेन्जर उडान भरेको ७३ सेकेन्ड पछि समुन्द्रमा खसेको थियो । यसका टुक्रा आन्द्र महासागरमा खसेका थिए । यो दुर्घटना पनि इतिहासकै महंगो दुर्घटना मध्ये एक हो ।

६ जर्मनी ट्याङ्कर दुर्घटना

मितिः २६ अगस्ट २००४

खर्चः ३५८ मिलियन डलर


३२००० लिटर तेल बोकेको एक ट्याङ्कर जर्मनीको बैहलटल पुलमा दुर्घटना हुँदा ठुलो नोक्सानी भएको थियो । पुलको रेलिङमा ट्याङ्कर ठोकिएपछि यो दुर्घटना भएको थियो ।

७ अमेरिका मेट्रो रेल दुर्घटना

मितिः १२ सेप्टेम्बर २००८ ।

स्थानः लस एन्जेलिस,  अमेरिका ।

खर्चः ५०० मिलियन डलर




उक्त दुर्घटना लस एन्जेलिसको मेट्रो ट्रेन अर्को रेलसँग जुधेपछि भएको थियो । २५ जनाको मृत्यु भएको यो दुर्घटना पनि महंगो मध्ये एक मानिन्छ ।

८ अलास्का तेल ट्याङ्कर दुर्घटना

मितिः २४ मार्च १९८९

दुर्घटनास्थल अलास्का अमेरिका ।

खर्चः २ दशमलव ५ अर्व डलर



एक तेल बोकेको ट्याङ्कर जहाज ठोक्किएर दुर्घटनामा परेको थियो । १० दशमलव ८ मिलियन ग्यालेन तेल समुन्द्रमा पोखिने गरी भएको यो दुर्घटना पनि महंगा दुर्घटना मध्ये एक थियो ।

nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses