विमान सम्पर्कविहिन हुनु अघि पाइलटको सन्देश
फागुन, काठमाडौं ।पोखरा विमानस्थल नागरिक उड्डयन कार्यालयले सम्पर्कविहिन अवस्थामा रहेको दुर्घटनाम परेको भनिएको तारा एयरको विमानका चालक रोशन मानन्धरलेले अन्तिम पटक ‘फेरि भेटौला गुड डे’ भनेको जनाएको छ ।
विमाानस्थलको राडारले अन्तिम रेकर्ड गरेको उनको सन्देशमा उनले शुभ दिन फेरि भेटौंला भनेका थिए ।
हराइरहेको विमान म्याग्दीको रुप्सेमा दुर्घटना भएको स्थानीयबासीले बताएका छन् । स्थानीय बासीले विमान डाँडामा ठोक्किएर दुर्घटना भएको बताएका छन् । विमान दुर्घटना हुनु अघि ठूलो आवाज सुनिएको र आगोको मुस्लो देखिएको स्थानीयले टेलिफोनमा जानकारी दिएका हुन् ।
पोखरा विमानस्थलबाट आज बिहान (बुधबार) बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको थियो । घट्नास्थलमा प्रहरी पुगिसकेको छैन । खराव मौषमका कारण हेलिकोप्टर पनि जान सकेको छैन ।
nepaliheadlines
0 comments
Write Down Your Responses