सरकारबाट बाहिरिन एमाओवादीमा दबाब
सोमबार, १० फागुनकाठमाडौ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली नेतृत्व्को सरकारको मुख्य सहयोगी दल एमाओवादीभित्र सरकारबाट बाहिरिनुपर्ने बारेमा छलफल हुन थालेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार आफ्नै निवास लाजिम्पाटमा बोलाएको पार्टी स्थायी समिति बैठकमा नेताहरुले सरकारबाट मन्त्रीलाई फिर्ता गराउन दबाब दिएका हुन् ।
दाहालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउनेबारेमा प्रतिक्रिया नजनाए पनि महासचिव कृष्णबहादुर महरासहितका नेताले ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै सरकारबाट मन्त्रीलाई फिर्ता बलाउनुपर्ने धारण राखेका थिए ।
महरा र स्थायी समिति सदस्य जनार्दन शर्मा, चन्द्रदेव खनाल र गोपाल किराँती लगायतले मन्त्रीहरुको काम कारबाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएकाले फिर्ता गराउन दाहालमाथि दबाब दिएका हुन् ।आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses