मधेसी मोर्चाको हठमा अल्झिन जरुरी छैनः प्रधानमन्त्री ओली
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चाका अनावश्यक हठमा अल्झिन आवश्यक नभएको बताएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणमा फर्किएपछि आइतबार
ललितपुरमा राखिएको कार्यक्रममा बोल्दै उनले मोर्चाका जायज माग पुरा गर्न सरकार सदैव तयार रहेको तर अनावश्यक माग र हठलाई पुरा गर्न नसकिने बताएका हुन् । ‘समस्या छ भन्ने तर देखाउन नसक्ने समस्या’ मधेसवादी दलमा रहेको भन्दै ओलीले बर्तमान संविधानले सबै क्षेत्र र समुदायका मान्छेलाई बराबरी हक दिएको प्रष्ट पारे । आफ्नो भारत भ्रमणले दुई देशबिचको सम्बन्ध सुध्रिएको दावी गर्दै ओलीले भारतका जायज माग र चासोलाई सम्बोधन गरिने बताए । अनावश्यक माग, चासोलाई सम्बोधन गर्न नसकिने भन्दै ओलीले नेपालको भुमि कसैकाविरुद्ध पनि प्रयोग नहुने बताए । आफुलाई भारतले दिएको उच्च सम्मान देशकै लागि भएको भन्दै उनले भारतले नेपालको वर्तमान संविधानलाई स्वागत गरेको दाबी गरेका छन् ।yeskathmandu
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses