‘दुई वर्षमा ऊर्जा क्षेत्रमा चमत्कारिक विकास’
१६ फागुन, काठमाडौं ।उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर उर्जामा देशलाई सक्षम बनाउ कार्य सरकारले सुरु गरिसकेको बताएका छन् ।
पत्रकार महासंघ भक्तपुर शाखाको १९ औ वार्षिक साधारण सभा तथा स्थापना दिवसमा शनिबार बोल्दै रायमाझीले अवको दुई बर्षभित्रमा चमत्कार देखिने गरि उर्जाको तिव्रत्तर विकास गरिने र उर्जाको समस्या समाधान हुने दावी गरे ।
मुलुक नयाँ व्यबस्थामा प्रवेश गरिसकेको अबस्थामा राजनीतिक दल र नेताहरुले आफूलाई रुपान्तरण गरेर आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा उनले जोड दिए ।
nepaliheadlines
0 comments
Write Down Your Responses