ज्ञापनपत्रको भाषा मिलाउन मधेसी मोर्चा व्यस्त, बैठक बस्दै
काठमाडौं, १६ फागुन । तराई मधेसको आन्दोलन असफल भएपछि राजधानी केन्द्रित आन्दोलनको तयारी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालयको बैठक बस्दैछ ।
काठमाडौंमा बस्ने सचिवालयको बैठकमा आन्दोलनकै विषयमा छलफल हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार आन्दोलनलाई राजधानी केन्द्रित बनाउने विषयमा सचिवालयले तयारी गर्नेछ ।
यसैबीच सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन पत्रको भाषा र बुँदाका विषमया पनि छलफल हुने स्रोतले जनाएको छ ।
तराई मधेसमा झण्डै छ महिना कडा आन्दोलन गरेको मधेसी मोर्चा आन्तरिक विवादले गर्दा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने हदसम्म पुगेको छ ।
मधेसी मोर्चाको आन्दोलनमा जनताको समर्थन नरहेको र भारतको मात्रै समर्थन रहेको आरोप लाग्दै आएको छ ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses