किन रुन्छिन् नेपाल आमा ?
साइरस द ग्रेट (इशापूर्व ५५९–५३०) पर्सिया (इरान) देशका महान् सम्राट् थिए । सैनिक रणनीतिमा पारंगत थिए उनी । मानव अधिकारका बारेमा व्याख्या गर्दै उनले आदेश थिए, ‘प्रत्येक देशवासीले आफ्नो परम्परागत धर्म–संस्कृति मान्नुपर्छ ।म बाँचुन्जेल कसैलाई पनि धर्म परिवर्तन गर्न दिने छैन । किनभने कसैलाई पनि अरूको धर्म परिवर्तन गराउने हक छैन । राष्ट्रप्रतिको कर्तव्य, परम्परा, धर्म–संस्कृति र नैतिकताविरुद्ध हिँड्नु मानव अधिकार होइन ।'


मोहमद रेजा पहलवीले उनकै पदचिन्ह पछ्याउँदै सन् १९७० मा साइरस–चिन्तनमा आधारित साइरस सिलिन्डर कानुन लागू गरे । त्यसमा परम्परा र आधुनिकताको संयोजन थियो । दुर्भाग्यवश, सन् १९७९ मा उनी अपदस्थ भए । त्यसै वर्ष पत्रकारितामा प्रवेश गरेको पंक्तिकारलाई सम्झना छ– इस्लामिक क्रान्तिका नाममा केही उन्मादीले इरानमा हजारौँको हत्या गरेका खबर दिनहुँ आइरहन्थे ।


झन्डै ३६ वर्षपहिलेको जस्तै अवस्था कैयन् राष्ट्रका जनताले आज पनि भोगिरहेका छन् । तसर्थ परिवर्तनका नाममा राष्ट्र र जनताको शोषण मात्र गर्ने सबै व्यक्ति राष्ट्रका शत्रु हुन् ।

सन् २०११ नोभेम्बरमा जोन मिचेलको एउटा लेख छापियो, द इकोनोमिस्ट पत्रिकामा । उनले ‘प्रजातन्त्र र यसका शत्रु' (डेमोक्रेसी एन्ड इट्स एनेमिज) लेखमा निरंकुशताविरुद्ध सदैव चनाखो हुनुको साटो सत्तानिम्ति मात्र राजनीति गर्नेहरू राष्ट्र र प्रजातन्त्र दुवैका शत्रु हुन् भनेका छन् ।

नेपाली राजनीतिमा आज जेजति दल सक्रिय छन्, उनीहरू सत्ताको ध्याउन्नमा मात्र लागेका छन् । त्यसैले राष्ट्र, जनता र प्रजातन्त्र भुलेर सत्ताकेन्द्रित राजनीति गर्नेहरू पनि राष्ट्रका शत्रु हुन् । इटलीमा क्यामिलो डी क्याभोर, भिक्टर इमान्युअल र ग्यारिबाल्डी इतिहासमा अमर छन् ।

उनीहरू राष्ट्रको एकीकरण अभियानका प्रमुख अभियन्ता थिए । सन् १९५८ देखि बाह्र वर्षसम्म चलेको एकीकरण अभियानले स्थायित्व दियो इटलीलाई ।त्यस्तै, अटोफन विस्मार्कले एकीकृत गरे जर्मनीलाई । केन्द्रीय नेतृत्व सुदृढ भए मात्र राष्ट्रलाई विखण्डनबाट बचाउन सकिन्छ भन्ने सन्देश दिए उनले ।

तोयोतोमी हिदेयोसी, ओदा नोबुनागा र तोकुजावा लेयासुलाई जापानीहरू अत्यन्त श्रद्धा गर्छन् । विषम परिस्थितिमा राष्ट्रलाई बचाएका थिए, ती महापुरुषले । अमेरिकाका जर्ज वासिंटन, जोन एडम्स र थोमस जेफर्सनले ब्रिटिस उपनिवेशबाट स्वाधीन भएको नयाँ राष्ट्रलाई ऊर्जा, गति र मार्गदर्शन दिए । त्यसैले उनीहरू स्तुत्य भए ।

मुस्ताफ कमाल अतातुर्कलाई आदरका साथ सम्झिन्छन् टर्कीवासीहरू । जोसे रिजाललाई श्रद्धा गर्छन् फिलिपिनोहरू । डेनमार्कको शासनबाट स्वीडेनलाई मुक्ति दिने गुस्ताभ (प्रथम) हुन् वा २९ वर्षसम्म सिंगापुरलाई नेतृत्व दिने सुयोग्य राजनेता ली क्वान यु, ती सबै उदाहरणीय छन् ।

रसियाका सम्राट् पिटर द ग्रेटको प्रशंसा इतिहासमा प्रशस्त पाइन्छ । त्यहाँका कम्युनिस्ट शासकहरूले समेत पिटरको अपमान गर्ने साहस गरेनन् । मलेसियाका प्रथम प्रधानमन्त्री टुन्कु अब्दुल रहमान केदाह राज्यका राजाका छोरा थिए । सन् १९५७ मा ब्रिटेनको पन्जाबाट राष्ट्रलाई स्वाधीन गराए उनले । मलेसियाका गुणग्राहीहरू उनलाई साह्रै आदर गर्छन् ।

राष्ट्रका शत्रु ती हुन्, जो इतिहासको अपमान, अपव्याख्या र अवमूल्यन गर्छन् । राष्ट्रका शत्रु ती हुन्, जो जनताको आँखा छलेर राष्ट्रघात गर्छन् । त्यसैले राष्ट्रलाई सुरक्षित राख्न क्षमता र स्वाभिमान दुवै चाहिन्छ । जो पाइला–पाइलामा आत्मसमर्पण गर्छन्, ती पनि राष्ट्रका शुत्र हुन् ।

सत्र हजार फौज लिएर लखनउ गएका जंगबहादुरले अंग्रेजलाई सघाए । विद्रोही सेनाको दमन गरे । सन् १८५७ को सैनिक विद्रोह भारतको इतिहासमै माइल स्टोन मानिन्छ । गदर दबाएपछि अंग्रेज शासकले प्रसन्न भएर जंगबहादुरलाई प्रशस्त धनदौलत दिने प्रस्ताव राखे । तर जंगबहादुरले स्पष्ट भनिदिए, ‘मलाई व्यक्तिगत रूपमा केही चाहिँदैन ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses