दिल्लीमा पनि लाग्यो नाकावन्दी, नाकावन्दी हटाउन सेना परिचालन
एजेन्सी । भारतको हरियाणा राज्यमा जाट तीव्र गतिमा अघि बढ्दै गईरहेको छ । जाट कम्युनिटीले ने आईतवार पनि सो क्षेत्रमा हंगामा मच्चाएका छन् । आन्दोलनकारीले हरियाणा स्थित  गुडग़ांवमा दुई  रेलवे स्टेशनमा आगो लगाई दिएका छन् । सोहि स्थानमा भिवानी नामको एउटा बैंकमा पनि आगाजनी गरेका छन् ।
हरियाणाका रोहतक, भिवानी, झज्जर, सोनीपत, जींद र  गोहाना लगायत सहरहरुमा भारतीय सेनाले आईतवार विहान झण्डा सहित मार्चपास गरेको थियो।
आन्दोलित ८ जिल्ला अहिले सेनाको नियन्त्रणमा रहेको स्थानीय मिडियाले जनाएका छन् । प्रदर्शनकारिहरुले  हरियाणा बाट दिल्ली जाने पानीको मुहान पनि बन्द गरिदिएका छन् जसका कारण दिल्लीमा संकट देखिन थालेको जनाईएको छ। दिल्लीका मुख्यमन्त्री केजरिवालले सो नहरमा पानी सुचारु गराउनु तत्काल सेना परिचालन गर्न हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरलाई अनुरोध गरेका छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses