आन्दोलनको भूमरीमा फसेको मधेस कब्जा गर्ने को हुन् राजीव पहारी ?
प्रमुख राजनीतिक दलहरु अलमलमा परिरहेको र मुलुक संकटको दिशातर्फ अघि बढिरहेका बेला नेपाली युवा माझ चर्चित बन्न पुगेका छन्– राजीव पहारी । विशेषगरी आन्दोलनको भूमरीमा फसेको मधेसलाई काबुमा लिएर समृद्धि र विकासका पहल गरिरहेका राजीव नेकपा एमालेको युवा संगठन ‘युवा संघ नेपाल’का अध्यक्ष हुन् । नेतृत्व सम्हालेको छोटो समयमै एकपछि अर्काे रचनात्मक काम गरिरहेका राजीवले युवा संघलाई मधेसमा उतारेर जागरण अभियान सञ्चालन गरेका थिए । आन्दोलनकारीले मधेसमा प्रमुख राजनीतिक दललाई निषेध गरेका बेला युवा संघले जागरण अभियान सञ्चालन गरी गतिलो जवाफ दिएको थियो । त्यसको नेतृत्व पनि उनै राजीवले गरेका हुन् ।
संविधानसभाले असोज ३ गते संविधान जारी गरेपछि मधेस आन्दोलित भएको थियो । प्रमुख राजनीतिक दलहरु संविधान लिएर जनतामा जान सक्ने अवस्था थिएन । मधेस जागरण अभियान शुरु गर्नुपर्ने विचारहरु आउन थालेका थिए । तर त्यसको नेतृत्व लिन कसैले हिम्मत गरिरहेको अवस्था थिए । यही अवस्थामा नेकपा एमालेको युवा संगठन ‘युवा संघ नेपाल’ले मंसिर अन्तिम साताबाट सिरहा मधेस जागरण अभियान शुरु गरेको थियो । त्यो अभियानको नेतृत्व युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नै लिएका थिए । सिरहाबाट सुरु भएको यो अभियानले निकै परिवर्तन ल्याएको युवा संघका केन्द्रीय विभागका सदस्य सञ्जीव रोका बताउँछन् । उनी भन्छन्– विभिन्न धम्की र दबाबका बीच हाम्रो अभियानले मधेसका जनतामा एक खालको जागरण पैदा गरिदिएको छ । उनीहरु आन्दोलनको प्रतिकार गर्न सक्ने भएका छन् ।
युवा संघले तराईका २१ जिल्लामा गरेको मधेस जागरण अभियानमा ४ सय २१ जना कमाण्डर खटिएका थिए । यो अभियानको प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरुले पनि प्रशंसा गरेका छन् । यति मात्रै होइन् राजीवकै नेतृत्वमा युवा संघले अहिले बजारमा भइरहेको कालोबजारीविरुद्ध भण्डाफोर अभियानै सञ्चालन गरिरहेको छ । यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने, प्रशासनलाई अल्टिमेटम दिएर कारवाहीका लागि दबाब दिने र कानुन साथमा लिएर आफैं कारवाही गर्नेसम्मका काम पनि संघले गरेको छ ।
त्यसैगरी पेट्रोल, डिजेल, ग्यासलगायतका इन्धनको विकल्पमा सौर्य उर्जालाई बढावा दिनुपर्ने उनी बताउँछन् । मुलुकको आर्थिक समृद्धिका लागि व्यवसायीलाई सहुलियतसमेत दिनुपर्ने र उनीहरुको मन जित्नुपर्ने उनको सुझाव छ । व्यवसायीसहित आम सर्वसाधारणलाई सहुलियत नदिन नसकिए ऋणले ग्रसित भएर आत्महत्या गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनसमेत सरकारलाई राजीवले सुझाव दिएका छन् ।
केही समयअघिसम्म सुस्ताएको युवा संघको नेतृत्व राजीवले लिएपछि संगठन निकै सक्रिय भएको छ । यसअघि गुटगत विवादमा फसेको संघलाई राजीवले सम्हालेपछि एक ढिक्का भएर अघि बढेको स्वयम् संगठनमा आबद्ध युवाहरु स्वीकार्छन् । ‘राजीव नेतृत्वमा आएपछि पार्टी र जनताको मन जित्ने काम गर्नुभयो, हामीले त्यसमा साथ दियौं’ युवा संघका उपाध्यक्ष किरण पौडेलले भने ।
को हुन राजीव पहारी ?
२०३३ सालमा तिम्ल्याहा (तीन दाजु–भाई एकसाथ) जन्मिएर बाल्यकाल अभावमा बिताएका राजीव पोखरा कास्कीका स्थायी बासिन्दा हुन् । निरंकुश पञ्चायतकाल (२०४३ साल) देखिनै जानि नजानी राजनीतिक दौडमा प्रवेश गरेका राजीव समाजिक सेवाका क्रियाशील (सहनशील) लोभ लालच नभएका व्यक्तित्वका रुपमा चिनिन्छन् ।
२०४६ सालको जनआन्दोलनमा क्रियाशील भएर लागेका राजीव १८ वर्षकै उमेरमा पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसका स्ववियु सभापति भएका थिए । उनले स्ववियु सभापति हुँदा क्याम्पसमा अध्ययनरत २१ हजार विद्यार्थीलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गरेका थिए । त्यतिमात्र होइन क्याम्पसको अनुशासनलगायत गुणस्तरीय शैक्षिक वातावरण कायम गर्नसमेत सक्रिय भूमिका निर्वाह गरेका थिए । उनले पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पु-याएको योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयले त्यसबेलाको देशभरीकै उत्कृष्ठ स्ववियु सभापतिको उपाधि दिँदै सम्मानसमेत गरेको थियो ।
विद्यार्थी राजनीतिमा राम्रो छवि बनाएका राजीव त्यसपछि एमालेको युवा संघतर्फ लागेका थिए । युवा संघको सातौं राष्ट्रिय सम्मेलनबाट उनी सचिव पदमा निर्वाचित भएका थिए । आठौं महाधिवेशनबाट महासचिव पदमा निर्वाचित राजीवले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेका थिए । उनकै नेतृत्वमा भूकम्प पीडितको राहत, उद्दार तथा अस्थायी घर निर्माण कार्य सम्पन्न भएको थियो । अहिले पनि भूकम्प पीडितले युवा संघको कार्यको प्रशंसा गर्ने गर्छन् ।
युवा संघमा आबद्ध भएर लामो समयसम्म काम गरिसकेका राजीव लोकप्रिय हुँदै गएका थिए । यसबीचमा युवा संघमा नेतृत्वलाई लिएर निकै ठूलो विवाद भएको थियो । विवादमा अल्झिएको संघको नेतृत्व कसले लिने भन्नेमा पनि बहस भइरहेको थियो । त्यस क्रममा राजीवले विवादमा अल्झिएको युवा संघको नेतृत्व लिने अवसर पाए । उनी नेतृत्वमा आउने वित्तिकै डेढ वर्षदेखि विवादमा अल्झिएको युवा संघले ट्रयाक समात्यो र आफ्नो रफ्तारमा अगाडि बढेको छ । युवा संघकी उपाध्यक्ष दिलु पन्तले ‘राजीवले विवादमा रहेको युवा संघको नेतृत्व लिएपछि संगठनलाई एकढिक्का बनाएर अगाडि बढाएको र संघलाई नयाँ उचाइमा पु¥याएको बताइन् । उनले सबै नेपाली युवा माझ राजीवको चर्चा हुने गरेकोसमेत बताइन् ।
राजनीतिलाई सामाजिक सेवा मान्ने सहनशील स्वभावका राजीव गुटमा नरमाउने, काममा विश्वास गर्ने व्यक्तित्वका रुपमा संगठनभित्र चिनिन्छन् । युवा संघको मधेस ब्यूरो प्रमुख सञ्जीव झा भन्छन्– ‘मधेस आन्दोलनलाई फिक्का सावित गर्दै ‘मधेस जागरण अभियान’को शुरुआत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजीव पहारी नै हुन्, उनको नेतृत्वदायी भूमिकाको सबैले प्रशंसा गर्नैपर्छ ।’
केही समयअघिसम्म सुस्ताएको युवा संघको नेतृत्व राजीवले लिएपछि संगठन निकै सक्रिय भएको छ । यसअघि गुटगत विवादमा फसेको संघलाई राजीवले सम्हालेपछि एक ढिक्का भएर अघि बढेको स्वयम् संगठनमा आबद्ध युवाहरु स्वीकार्छन् । ‘राजीव नेतृत्वमा आएपछि पार्टी र जनताको मन जित्ने काम गर्नुभयो, हामीले त्यसमा साथ दियौं’ युवा संघका उपाध्यक्ष किरण पौडेलले भने ।
मधेस जागरण अभियानबाट मात्र राजीव चर्चित भएका होइनन् । नेपालमा वामपन्थी विचारधाराप्रति झुकाव राख्ने सर्वसाधारणको बाहुल्यता हुँदाहुँदै पनि उनीहरु सधैं पछाडि पर्नुपरेको यथार्थ बुझेका राजीवले युवा संघको नेतृत्व लिएलगत्तै वामपन्थी एकताका लागि पहलसमेत गरेका थिए । उनको त्यो पहलको अधिकांश वामपन्थी दलहरुले खुलेरै प्रशंसा गरेका छन् । युवा संघको अध्यक्ष भएको केही समय वित्न नपाउँदै उनकै नेतृत्वमा गएको युवा संघको टोलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर वामपन्थी दलहरुबीच एकताका लागि पहल गर्न अनुरोध गरेका थिए । उनको यो कार्यको माओवादी अध्यक्ष दाहालले खुलेरै प्रशंसा गरेका थिए । समान विचारधारा भए पनि अलगअलग पार्टीमा रहेका नेताहरुलाई चियापान कार्यक्रम गरेर एकै मञ्चमा राख्ने युवा नेता पनि राजीव पहारी नै हुन् ।
मधेस आन्दोलनले जनजीवन ठप्प भइरहेका बेला भारतीय नाकाबन्दीले मुलुक अझ आक्रान्त बनिरहेको थियो । भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाज पनि आउन थालिसकेको थियो । तर सरकारले यसलाई गम्भीर रुपमा लिएको थिएन । जनता अभावमा पिल्सिरहेको अवस्थामा टुलुटुलु हेर्न नसक्ने भन्दै उनै राजीवले एसिया तथा युरोपका विभिन्न मुलुकमा गएर भारतीय नाकाबन्दीका बारेमा जानकारी दिएका थिए ।
मधेसमा जागरण अभियान चलाइरहेका राजीवले भनेका थिए– ‘अबका केही दिनमा तराई मधेसले कथित आन्दोलन, बन्द हड्ताल चक्काजामबाट मुक्ति पाउने छ ।’ उनको दाबी सही ठहरियो । अन्ततः मधेस आन्दोलन साम्य भयो र जनताले राहतको स्वास फेर्न पाएका छन् । उनी भन्छन्– ‘शान्ति र स्थिरता कायम गर्न हामी मधेस उत्रिएका हौं र सफल पनि भएका छौं ।’ राष्ट्रिय अखण्डता र मुलुकको सार्वभौमसत्ता एक इञ्च पनि तलमाथि हुन नदिने अडान राख्दै आएका राजीव त्यसका लागि जस्तोसुकै बलिदान दिन पनि आफ्नो संगठन तयार रहेको बताउँछन् । ‘मुलुकलाई विखण्डन गर्न चाहने र जातीय साम्प्रदायिक भड्काउन खोज्नेहरुलाई टाउको उठाउन दिइन्न’ उनी भन्छन् ।
गत वैशाखमा गएको शक्तिशाली भूकम्प, भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण जनता पिल्सिइरहेका छन् । यो अवस्थामा सरकारले जनतालाई राहत दिन प्रभावकारी ढंगबाट आफ्ना निकाय परिचालन गर्नुपर्नेमा उनको जोड छ । उनले मधेसको आर्थिक सामाजिक समृद्धिका लागिसमेत विशेष कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । त्यसैगरी पेट्रोल, डिजेल, ग्यासलगायतका इन्धनको विकल्पमा सौर्य उर्जालाई बढावा दिनुपर्ने उनी बताउँछन् । मुलुकको आर्थिक समृद्धिका लागि व्यवसायीलाई सहुलियतसमेत दिनुपर्ने र उनीहरुको मन जित्नुपर्ने उनको सुझाव छ । व्यवसायीसहित आम सर्वसाधारणलाई सहुलियत नदिन नसकिए ऋणले ग्रसित भएर आत्महत्या गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनसमेत सरकारलाई राजीवले सुझाव दिएका छन् । उनी भन्छन्– ‘मृल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारले तत्काल एक्सन लिनुपर्छ ।’
प्रस्तुति : कमलराज भट्ट
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses